राप्रपा संयुक्तका मेचीनगर अध्यक्ष महरासहित कार्यकर्ताहरु काङ्ग्रेसमा प्रवेश

  प्रकाशित मिति
२१ भाद्र २०७७, आईतवार १८:४६


मेचीनगर । राप्रपा संयुक्तका मेचीनगर अध्यक्ष नरेशकुमार महरासहित केहिनेता तथा कार्यकर्ताहरु नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन् ।

नेपाली काङ्ग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले राप्रपा संयुक्तका मेचीनगर अध्यक्ष महरासहित नेता तथा कार्यकर्ताहरुलाई पार्टीको सदस्यता प्रदान गर्दै काङ्ग्रेसमा प्रवेश गराएका हुन् ।

पूर्व गृह तथा उपप्रधान मन्त्रीसमेत रहिसकेका सिटौलाकै चन्द्रगढी स्थित घरमा भदौ १९ गते एक कार्यक्रमको आयोजना गरेर उनीहरुलाई पार्टी प्रवेश गराईएको थियो ।

कार्यक्रममा नेता सिटौला, प्रदेश सभा सदस्य ओम सरावगी, काङ्ग्रेस झापाका सभापति उद्वव थापा, जिल्ला सदस्य पुष्पराज पौडेल, क्षेत्रिय सभापति मणिकुमार उप्रेती, मेचीनगर सभापति ईन्द्रबहादुर बुढाथोकी, विश्वनाथ श्रेष्ठ लगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: