मेचीनगर । प्रथम मेचीनगरस्तरीय युवा महिला भेलाको उद्घाटन महिला नेतृ रामकुमारी झाक्रीले गर्ने भएकी छिन् ।
राजनीतिक रुपमा महिलाको पहुँच स्थापित गर्न आयोजित भेलाको झाक्रीले उद्घाटन गर्ने मेचीनगर युवा संघका अध्यक्ष सरोज मेहराले बताए ।
८ औं गणतन्त्र दिवसको अवसरमा किराँत याक्थुङ चुम्लुङ इटाभट्टाको सभाहलमा शनिबार हुने भेलामा नगरका सम्पूर्ण महिलालाई सहभागी हुन समेत मेहराले आग्रह गरेका छन् ।