रामघाटमा निःशुल्क आँखा शिविर

  प्रकाशित मिति
१९ आश्विन २०७३, बुधबार ०९:२०


eye

मेचीनगर । रामघाट सेवा समितिको आयोजना र मेची आँखा अस्पतालको प्राविधिक सहयोगमा मङ्गलवार एक दिवसीय निःशुल्क आँखा उपचार शिविर सम्पन्न भएको छ ।

शिविरमा २ सय २५ जनाको जाँच गरिएको र त्यसमध्ये २५ जनाको मोतियाविन्दुको अपरेसनका लागि विर्तामोडमा लगिने भएको छ ।

मेचीनगर नगरपालिकाका कार्यकारी अधिकृत पशुपति खतिवडाले व्यानर पढेर कार्यक्रमको उद्घाटन गरेका थिए भने अस्पतालका सिनियर प्राविधिक मेमलाल राजबंशी, सामाजिक व्यक्तित्व पन्नालाल जैन, शान्तिराम नेपाल र गोपाल गुप्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

संस्थाका सचिव माधव पौडेलको उद्घोषण, उपाध्यक्ष अजय घिमिरेको स्वागत र अध्यक्ष ललितकुमार बोहोराको सभापतित्वमा कार्यक्रम भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: