रामघाटमा नेपालकै अग्लो शङ्ख स्तम्भ

  प्रकाशित मिति
११ श्रावण २०७४, बुधबार ११:१७


shankha halfमेचीनगर । यदि तपाइँ राजमार्गको मेचीनगर खण्डमा पर्ने निन्दा पुलको पश्चिमबाट दक्षिणतिर हेर्दै हुनुहुन्छ भने रामघाटको आँगनमा एउटा विशाल शङ्ख आकाशिएको देख्नु हुने छ ।

त्यो स्तम्भ हो–नेपालकै एक मात्र शङ्ख स्तम्भ । रामघाट सेवा समिति धुलावारीले यस स्तम्भलाई ‘पितृ स्तम्भ’ नामाकरण गरेको छ ।
जमिनको सतहबाट २७ फिट अग्लो स्तम्भको टुप्पामा ८ फिट लम्वाई र ४ फिट उचाइ भएको सेतो शङ्ख शोभायमान छ ।

यस्तो शङ्ख आकृति भएको स्तम्भ नेपालमै पहिलो भएको रामघाट सेवा समितिका अध्यक्ष ललित बोहोरा बताउँछन् । उनकै परिकल्पनामा यो नौलो स्तम्भको निर्माण भएको हो ।

रामघाटलाई धार्मिक पर्यटकीय तीर्थस्थलको रुपमा विकास गर्ने उद्देश्यले अध्यक्ष बोहोराको नेतृत्वमा नन्दा किनारको यो ठाउँलाई नयाँ शिराबाट आकर्षणयुक्त बनाउने प्रयास जारी छ ।

मुख उत्तरतिर र पुच्छर दक्षिणतिर फर्किएको यो विशाल शङ्ख स्तम्भको निर्माण सिमेन्ट, रड र टायलको प्रयोगबाट भएको छ । यसको निर्माण कार्य ९९ प्रतिशत सम्पन्न भइसकेको अध्यक्ष बोहोरा बताउँछन् ।

दिवङ्गत पितृहरुको मोक्ष अर्थात श्राद्धका लागि निर्माण गरिएको ४ फिट वर्गाकार फेद भएको यो स्तम्भमा एक फन्का मार्दा १०८ फिट परिक्रमा गरेसरह पुण्य प्राप्ति हुने उनी बताउँछन् ।

मेचीनगरकै प्रमुख धार्मिक गन्तब्य बन्नलायक यो स्तम्भको निर्माणमा १३ लाख रुपैयाँ खर्च भइसकेको बताइएको छ ।
मेचीनगर नगरपालिकाका इन्जिनियर भुपेन्द्र तामाङले डिजाइन गरेको यो स्तम्भ भूकम्प प्रतिरोधी रहेको छ ।

(लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)

 

shankha 2

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: