रामघाट पुराणको हिसाब सार्वजनिक

  प्रकाशित मिति
४ जेष्ठ २०७३, मंगलवार ०९:१८


मेचीनगर । रामघाट सेवा समितिले गत बैशाख ३ देखि ९ गतेसम्म मेचीनगर–१ स्थित आफ्नै परिसरमा आयोजना गरेको श्रीमद्भागवत महापुराणको हिसाव किताव सार्वजनिक गरेको छ ।

सोमवार विहान रामघाट समितिको कार्यालयमा समितिका अध्यक्ष ललितकुमार बोहोराले पत्रकार सम्मेलन गरी पुराणको आयव्यय सार्वजनिक गरेका हुन् ।

अध्यक्ष बोहोराका अनुसार पुराणमा कूल १४ लाख १९ हजार ७ सय ३० रुपैयाँको कारोवार भएको छ । जसमध्ये सम्पूर्ण खर्च कटाएर समितिले ५ लाख ९६ हजार ४ सय ८४ रुपैयाँ बचत भएको छ ।

पुराणमा सहयोग रसिदबाट ५ लाख १९ हजार ९ सय ५७ रुपैयाँ र आजीवन सदस्य रसिदबाट ७ लाख २५ हजार ७ सय ७३ रुपैयाँ आम्दानी भएको छ भने विभिन्न १६ शिर्षकमा खर्च देखाइएको छ ।

स्थानीय समाजसेवी, धर्मप्रेमी, दाता, उद्योगी, व्यवसायी, पत्रकार, बुद्धिजीवी, समितिका साथीहरू लगायत सबै पक्षबाट प्राप्त सहयोग र सद्भावले पुराण सफल भएको उल्लेख गर्दै समितिका अध्यक्ष बोहोराले सबैप्रति धन्यवाद समेत ज्ञापन गरेका छन् ।

पुराणको आय व्यय विवरण समितिको बैठकले अनुमोदन गरेपछि पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: