रामसरको निधनले शोकमा डुब्यो अर्जुनधारा

  प्रकाशित मिति
१० चैत्र २०७५, आईतवार १२:५१


शनिश्चरे । अर्जुनधारास्थित गणेश आधारभूत विद्यालयका प्रधानाध्यापक एवम् नेपाल राष्ट्रिय शिक्षक सङ्गठन अर्जुनधाराका अध्यक्ष रामकुमार अछामेको सवारी दुर्घटनामा निधन भएको छ ।

विद्यालयको कामले काठमाडौ गएका प्रअ अछामे घर फर्कने क्रममा शनिबार बिहान ४ः३० बजे कानेपोखरीस्थित राजमार्गमा भएको सवारी दुर्घटनामा परेका थिए ।

उनी चढेको बा१७च ७९४८ को टाटा सुमो रियो जुस बोकेको मालबाहक ट्रक ना३ख ६९१८ सँग पछाडिबाट ठोकिएको थियो ।
दुर्घटनामा प्रअ अछामेको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनीसँग गौरादह निवासी प्रकाश मगरको पनि निधन भएको छ ।

२०५१ सालबाट शिक्षण पेशामा आवद्ध अछामे अर्जुनधारा–१ साधुटारस्थित गणेश आधारभूत विद्यालयमा कार्यरत थिए । उनी लोकिप्रय शिक्षासेवी थिए ।
उनको अकल्पनीय निधन भएपछि उनको घर भएको अर्जुनधारा–४ सहासी वस्ती र विद्यालय रहेको साधुटार बस्ती शोकमा डुबेको छ ।

उनका जेठा छोरा विशेष अछामे कोहेड कलेजमा कक्षा ११ मा पढ्छन् भने कान्छा छोरा प्रतिक अछामे अर्जुनधारास्थित प्रगति अङ्ग्रेजी माध्यमिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत् छन् ।

श्रीमती कुमारी अछामे अर्जुनधारा माध्यमिक विद्यालयका बालशिक्षकका रुपमा कार्यरत छिन् ।
उनी नेपाल शिक्षक महासङ्घको सङ्घीय महाधिवेशन प्रतिनिधि समेत रहेको सहयात्री शिक्षक महासङ्घ अर्जुनधाराका अध्यक्ष पुण्य सुवेदीले बताए ।

शनिवार अपरान्ह टाङटिङ खोलामा स्व. अछामेको दाहसंस्कार गरिएको छ ।
अर्जुनधारा नगरपालिकाका नगरप्रमुख हरि राना लगायतका विशिष्ट व्यक्तिहरुले स्व. अछामेप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका छन् ।
(लोकतन्त्र पोस्ट)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: