राम्रालाई छान

  प्रकाशित मिति
७ बैशाख २०७४, बिहीबार ०८:०८


राजनीतिक दलहरु यतिबेला स्थानीयमा तहमा उठाइने उम्मेद्वारहरुको चयनमा लागेका छन् । बैशाख १६ गते मनोनयन दर्ता हुने भएको कारण दलहरुका सामू छिटो उम्मेद्वार छान्नु पर्ने दवाव छ । ठूला दलहरुमा मात्र होइन, साना र क्षेत्रीय दलहरुमा समेत उम्मेद्वार बनाउने चटारो देखिन्छ । एमाओबादी, काङ्ग्रेस, एमाले, राप्रपा नेपाल जस्ता दलहरुले गाउँ, क्षेत्र र जिल्ला स्तरबाटै उम्मेद्वारहरुको सूची सङ्कलन गरेर छनौट प्रक्रियामा लोकतान्त्रिक अभ्यास र पारदर्शितालाई प्राथमिकता दिएका छन् । यो प्रक्रियाले कार्यकर्ताले रुचाएका लोकप्रिय ब्यक्ति उम्मेद्वार छानिने सम्भावना बढाएको छ ।

उम्मेद्वारको सही छनौट चुनावी सफलताको आधार हो । पहिले जस्तो केन्द्रमा चाप्लुसी गरेर टिकट फुत्क्याउने चलन अब हटिसकेको छ । जनस्तरमा भिजेर काम गरेको कुशल ब्यक्तित्वलाई मतदाताले चुनावमा रोज्ने गरेका छन् । संसदीय अभ्यासमा खारिदै गएका दलहरुले यही जनभावनाको कदर गर्दै उम्मेदवारको चयनमा क्षेत्र र जिल्लालाई सिफारिसको अधिकार दिएका हुन् । योग्य र सक्षम ब्यक्ति उम्मेदवार बन्नु भनेको स्थानीय तहमा असल प्रतिनिधिले जाने मौका पाउनु हो ।

युवा, महिला, जनजाति, दलित, मधेशी जस्ता समावेशी क्षेत्रका अनुहारलाई उम्मेद्वार बनाउनु पर्ने आवश्यकतालाई दलहरुले बिर्सन हुन्न । प्रत्यक्षतर्फ खासगरी युवा र महिलाको प्रतिनिधित्वले मतदातामा आकर्षण पैदा गराउन सक्छ । उम्मेद्वारहरुको चारित्रिक र कायैशैली पनि छनौटको मापदण्ड बन्नु पर्छ । स्वच्छ छवी र सिद्धान्तप्रतिको निष्ठालाई यसपटक दलहरुले उम्मेद्वार छनौटको आधार बनाएका छन् । पाहुना र माथिको दवावमा आएका उम्मेदवार भन्दा स्थानीय र क्रियाशील उम्मेदवारलाई जुन दलले प्राथमिकता दिन सक्छ, उसले भिन्न आस्थाका मतदाताको समेत समर्थन पाउने सम्भावना रहन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: