‘राम्रो काम गर्दा कसैले आत्तिनु पर्दैन’

  प्रकाशित मिति
१९ माघ २०७३, बुधबार १२:३२


bisnu prasain pic

नेकपा एमाले एक नम्बर क्षेत्रीय कमिटीले झापाको धुलाबारीमा यही फागुन ९, १० र ११ गते बाल उत्सव आयोजना गर्दैछ । सिकाईका विभिन्न चरण र प्रव्रिmया अन्तरगत यो उत्सव यसै क्षेत्रका विद्यार्थी तथा बालबालिकाह?का लागि छुट्टै र आकर्षक ‘उत्सव स्कुल’का ?पमा तीन दिन सञ्चालन हुनेछ । प्रस्तुत छ–यसै विषयमा केन्द्रित रहेर लोकतन्त्र पोस्टका कार्यकारी सम्पादक झुलन रेग्मीले वाल उत्सव मूल आयोजक समितिका संयोजक एवम् एमाले नेता विष्णु प्रसाईंसँग गरेको कुराकानी ः
बाल उत्सव कस्तोखाले कार्यक्रम हो ?
तपाईं हामी सबै भविष्यप्रति सचेत छौँ । हामीले सोचे अनु?पको समाज निर्माण हुन नसकेका कारण आज हाम्रो दैनिकी कुनै न कुनै किसिमबाट तनावपूर्ण बनेको छ । आफ्नो भविष्य सुन्दर र सुरक्षित बनाउन हामी दिनरातको चटारो व्यहोरिरहेका हुन्छौँ । तथापि परिणाम सोचे अनु?प आउन सकेको छैन । यस्तो परिस्थितिको गम्भीर अध्ययन र मनन् गरी सुन्दर भविष्यका लागि बालबालिकाको क्षेत्रमा विशेष ध्यान पुर्याउन आवश्यक रहेको निष्कर्षमा पुगेका छौँ । परिणामतः बालबालिकाको सर्वाङ्गीण विकासको हेतुले बृहत बाल उत्सवको परिकल्पना गरिएको हो । आजका बालबालिका नै हाम्रो भविष्य हुन् । हामीले सोचिरहेको समृद्ध नेपालको सपना त्यसबेला मात्र पूरा हुन्छ, जब आजका बालबालिका भोलि सक्षम र योग्य बन्ने छन् । त्यसैले बालबच्चालाई उचित शिक्षा र परामर्श दिन बाल उत्सव आयोजना गरिएको हो । अर्को कुरा, हामीले बालबालिकाबिचको ट्यालेन्टसिपलाई प्रतिस्पर्धा गराएर उनीह?को क्षमता विकासको बाटो खोल्ने जमर्को गरेका हौँ ।
उत्सवले समेट्ने लक्षित क्षेत्र नि ?
उत्सव यस क्षेत्रका विद्यार्थी र बालबालिकाह?का लागि छुट्टै र आकर्षक अवसरका ?पमा तीन दिन सञ्चालन हुनेछ । यो अवधिभर हामी यस कार्यव्रmमलाई ‘उत्सव स्कुल’का ?पमा चर्चा गर्नेछौँ । यस क्षेत्रमा रहेका विद्यालय यस कार्यव्रmमको मुख्य लक्षित क्षेत्र हुन् । त्यस बाहेक विद्यालय पहुँच बाहिर रहेका बालबालिकाह? जो विभिन्न कारणले अध्ययनबाट बञ्चित भएका बालबालिकाह? समेतलाई उत्सव स्कुलले सिकाईको यात्रामा प्रवेश गराउने छ ।
राजनीतिक पार्टीह?ले धमाधम नौलो कार्यव्रmमह? ल्याइरहेका छन् । राजनीतिक पार्टीले नै उत्सव आयोजना गर्नुको कारण चाँहि के हुन सक्छ ?
प्रस्ट?पमा भन्नुपर्छ यो कार्यव्रmम नेकपा एमालेले नै गरेको हो । संविधान निर्माणदेखि लिएर थुप्रै खाले परिवर्तनमा राजनीतिक दलको भूमिका छ र हुन्छ पनि । भोलि राष्ट्र निर्माण गर्न दक्ष जनशक्ति चाहिने हुनाले त्यही पार्टीले यो काम गरेको हो । पार्टीह?ले अब समृद्धिको कुरा मात्र गरेर पुग्दैन, त्यस लक्ष्यसम्म पुग्न वाल पुस्तालाई शारीरिक ?पमा मात्र स्वस्थ राखेर पुग्दैन, उनीह?को मानसिक र बौद्धिक क्षमताको विकाससँगै नवीन सोच विकास गर्ने अभियान चलाउन ज?री भइसकेको छ । यही कामको अगुवाइ अब नेकपा एमालेले थालेको हो ।

उत्सवका मुख्य विशेषता के के हुन् ?
विज्ञान प्रदर्शनी तथा प्रतियोगिता हुनेछ । तारामण्डल प्रदर्शनी, वक्तृत्वकला, नृत्य, सामान्य ज्ञान, चित्रकला, कविता प्रतियोगिता हुनेछन् । त्यसको अलवा मनोरञ्जनात्मक सिकाई पनि हुनेछ । यसमा थ्रीडी चलचित्र प्रदर्शन, जादु अर्थात हातको कला, पुस्तक प्रदर्शनीलगायतका कार्यव्रmमह? हुनेछ । यी सँगै विषयगत छलफल तथा अन्तरव्रिmया उत्सव अवधिभर हुनेछ । त्यसमा विषयविज्ञ, जानकार तथा सरोकारवाला पक्षह?ले शिक्षाको विषयमा गम्भीर बहस गर्नु हुनेछ । कार्यव्रmममा अनुभवी बुढापाकाह?ले आफ्नो बाल्यकालका अनुभव विषयमा प्रस्तुति दिनु हुनेछ । आफ्ना आमा बाबुलाई गर्नुपर्ने कर्तव्यका बारेमा पनि सिकाइने छ ।

कार्यव्रmममा आम बालबालिका तथा विद्यालयह?को सहभागिता कस्तो रहनेछ ?
हामीले झापा एक नम्बर क्षेत्रलाई लक्षित गरेका छौँ । यो क्षेत्रमा रहेका सबै विद्यालयलाई सहभागिता गराउने छौँ । यो क्षेत्रमा रहेका १ सय ४ वटा विद्यालयलाई पत्राचार गर्नेछौँ र पत्र पठाउने काम गर्छौँ । सहभागिता त एकदम बढी नै हुनेछ । उत्सवको उद्घाटन पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले गर्नु हुनेछ । हामीले अन्य पार्टीका विज्ञह?लाई पनि समेट्न खोजेका छौँ । हामी यसका लागि कोसिस गरिरहेका छौँ ।

अन्य पार्टीह?सँग सहकार्य हुन्छ कि हुँदैन ?
कार्यव्रmमको आयोजना एमालेले गरेको हो । यसमा दुईमत छैन । तर, बालबालिकाको क्षेत्रमा विषयविज्ञ हुने जुनसुकै पार्टीका व्यक्तिह?लाई कार्यव्रmममा ल्याउने प्रयास गरिरहेका छौँ ।

खर्च कसरी जुटाउनु हुन्छ ?
उत्सव सम्पन्न गर्न करिब १२ लाख ?पैयाँ लाग्ने अनुमान गरिएको छ । यसका लागि हामीले आन्तरिक ?पमा पार्टीका अगुवाह?सँग कुरा राखेका छौँ । साथै यस क्षेत्रका इच्छुक व्यापारीह?बाट जुटाउने भन्ने कुरा छ ।

भर्खरै नेपाली काङ्ग्रेसले स्वास्थ्य महोत्सव सम्पन्न गर्यो । लगत्तै तपाईंह?ले यो कार्यव्रmम राख्नु भएको छ । कतै काङ्ग्रेसको सिको गरेको देखिदैन ?
सिको कसले गरेको थाहा छैन । धेरै अगाडि कार्यव्रmम गर्ने भनेर निर्णय त गरियो । तर, अध्यक्ष केपी ओलीलाई नै कार्यव्रmममा ल्याउने भएकाले उहाँको समय यसबेला मिलेको हो । राम्रो काम गर्दा कुनै पनि पार्टीले आत्तिनु पर्दैन । जुनसुकै बेला गरे पनि हुन्छ । हामीले कसैको सिको गरेका होइनौँ । हामीसँग आफ्नै योजना र कार्यक्रमह? छन् । स्वास्थ्य महोत्सव आयोजना गर्ने पनि हाम्रो धेरै पहिलेदेखिको प्लान थियो, भ्याएका थिएनौँ ।

नेपाली काङ्ग्रेसको स्वास्थ्य महोत्सवलाई कसरी हेर्नु भएको छ ?
जुन काम गर्नु पथ्र्यो, गरियो, त्यो राम्रो हो । र, महोत्सव व्यवस्थापन लगायतका विषयमा आयोजकले भन्नु पर्छ, मैले होइन ।

बाल उत्सवका बारेमा आम जनतालाई के आह्वान गर्न चाहनु हुन्छ ?
क्षेत्र नम्बर एकका सम्पूर्ण दाजुभाई, दिदीबहिनी तथा बुवाआमालाई के भन्न चाहन्छु भने कमसेकम बच्चा र तपाईं कार्यव्रmममा उपस्थित हुनुहोस् । यसबाट पाउने ज्ञानले तपाईं, बच्चा र राष्ट्रलाई फाइदा हुन्छ । त्यसैले यो अद्भूत अवसर नगुमाउनु होला ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: