‘राम्रो धुलावारी’को अधिवेशन चैतमै

  प्रकाशित मिति
१२ चैत्र २०७४, सोमबार १२:२०


धुलावारी । कुनै बेला ‘हाम्रो धुलावारी राम्रो धुलावारी’ नामक संस्थाको ख्याति मुलुकभर फैलिएको थियो । कारण त्यो संस्थाले बजारको सरसफाई र सौन्दर्य अभिवृद्धि गर्न नमूनायोग्य काम गरेको थियो ।

तर यसको नाम र काम अचेल ओझेलमा छ । संस्थाका अध्यक्ष सुदय पनेरु मेचीनगरको वडा नं. १० को वडाध्यक्ष पदमा निर्वाचित भएका छन् । उनी जनप्रतिनिधि बनेर व्यस्त भएपछि संस्थाको काममा शिथिलता आएको हो ।

तर संस्थाको हालै सम्पन्न भेलाले ‘हाम्रो धुलावारी राम्रो धुलावारी’लाई पुनः सक्रिय बनाउने निर्णय गर्दै संस्थाको दोस्रो अधिवेशनको मिति तोकेको छ ।

आगामी चैत्र २४ गते प्राथमिक स्वास्थ्य केन्द्र परिसरमा संस्थाको दोस्रो अधिवेशन तोकिएको छ । भेलाले नारायण प्रसाईको संयोजकत्वमा ७ सदस्यीय अधिवेशन आयोजक समिति गठन गरेको छ ।

अधिवेशनले संस्थाको नयाँ नेतृत्व चयन गर्नुका साथै संस्थाको नयाँ कार्ययोजना निर्माण गर्ने बताइएको छ ।

चिया विकास निगमको गेट बाहिर राजमार्ग छेउमा संस्थाले निर्माण गरेको नमुना बगैँचा र विश्रामालयलाई धुलावारी विजनेस पार्क सञ्चालकहरुले भत्काएर क्षतिपूर्ति दिएका छन् ।

पार्कले क्षतिपूर्ति दिएको ४ लाख रुपैयाँ संस्थाको बैङ्क खातामा जम्मा राखिएको छ । अधिवेशनले सो रकम कुन काममा कसरी खर्च गर्ने भन्ने विषयमा समेत छिनोफानो गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: