धुलावारी । ‘हाम्रो धुलावारी, राम्रो धुलावारी’ नामक सामाजिक संस्थाको नयाँ कार्य समिति गठन भएको छ ।
समितिको अध्यक्षमा नारायण प्रसाई, वरिष्ठ उपाध्यक्षमा प्रदीप अधिकारी र उपाध्यक्षद्वयमा हुमनाथ बराल र कुसुम राई चयन भएका छन् ।
संस्थाको महासचिवमा कृष्ण पनेरु, सचिवमा जयप्रसाद आचार्य र कोषाध्यक्षमा हरि नेपाल चयन भएका छन् ।
सदस्यमा दिपक गौतम, गौरा पाण्डे, मेदनी बराल, गोकुल गौतम, सरिन गिरी र जलकुमारी श्रेष्ठ चयन भएका छन् ।
संस्थाको शनिवार धुलावारी प्राथमिक स्वास्थ्य केन्द्र परिसरमा भएको दोस्रो अधिवेशनले नयाँ समिति सर्वसम्मत चयन गरेको हो ।
मेचीनगर–९ का वडाध्यक्ष गोपाल खड्काको प्रमुख आतिथ्य र वडा नं. १० का वडाध्यक्ष सुदय पनेरुको अध्यक्षतामा अधिवेशन भएको थियो ।
अधिवेशनमा प्रमुख अतिथि एवम् संस्थाका संस्थापक अध्यक्ष गोपाल खड्काले भवन निर्माणका लागि १ कठ्ठा जग्गा दिने घोषणा गरेका थिए भने वडा नं. ९ र १० का वडाध्यक्षहरुले वडाको बजेटबाट संस्थाको भवन निर्माणका लागि वर्षेनी ५ लाख बजेट व्यवस्था गर्न पहल गर्ने बचन दिएका थिए ।