राष्ट्रकवि घिमिरेको स्मृतिमा झापामा पुरस्कार स्थापना

  प्रकाशित मिति
११ भाद्र २०७७, बिहीबार १७:२७


विर्तामोड, ११ भदौ । साहित्य चौतारी झापाले ‘राष्ट्रकवि माधवप्रसाद घिमिरे स्मृति सम्मान’ स्थापना गरेको छ ।

चौतारीको बैठकले राष्ट्रकवि घिमिरेले नेपाली साहित्यका साथै साहित्य चौतारी झापाको स्थापनाकालदेखि हालसम्म पुर्याएको योगदानको सम्मान गर्दै उक्त पुरस्कार स्थापना गरेको हो ।

सो सम्मानका लागि रु. एक लाख एघार हजार १११ राशीको अक्षयकोष स्थापना गरिएको चौतारीका संस्थापक अध्यक्ष तथा संरक्षक देवीभक्त श्रेष्ठले बताए ।

उनले अक्षयकोषको व्याजबाट प्रत्येक वर्ष चौतारीको वार्षिकोत्सवको अवसर पारेर साहित्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने व्यक्तिलाई ‘राष्ट्रकवि माधवप्रसाद घिमिरे स्मृति सम्मान’ बाट पुरस्कृत गरिने बताए ।

चौतारीले स्व.घिमिरेलाई वि.सं. २०५९ सालमा अभिनन्दन गरेको थियो । स्थापनाकालदेखि हालसम्म संस्थालाई पुर्याएको योगदानको सम्मान गर्दै उहाँको १२ औं पुण्यतिथि भदौ १३ गते शनिवार श्रद्धाञ्जलि सभा संरक्षक श्रेष्ठले बताए ।

कोरोना भाइरसको संक्रमणबाट बच्न स्वास्थ्य सुरक्षाको सावधानी अपनाएर भौतिक दूरी कायम गर्दै  सरगम संगीतालय र गुरुकुल संगीत विद्यालयका विद्यार्थीहरुबाट राष्ट्रकविका सृजनाहरु वाचन तथा गायन गरि श्रद्धाञ्जलि सभा गरिने उनले वताए ।

 घिमिरे, साहित्य चौतारी झापाका पूर्व कार्य समिति सदस्य साहित्यकार अमृतलाल श्रेष्ठ, समितिका सल्लाहकार सदस्य धु्रव पाठककी माता मनमाया पाठकप्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव पारित गरेको छ ।

  साहित्य चौतारी झापाका वरिष्ठ उपाध्यक्ष कृष्ण सुवेदी निराकारको अध्यक्षतामा भएको बैठकमा संस्थापक ÷संरक्षक देवीभक्त श्रेष्ठ,  उर्मिला श्रेष्ठ, संस्थापक अध्यक्ष÷सल्लाहकार संयोजक शिवशंकर थापा, उपाध्यक्षहरु कृष्ण योञ्जन, हिक्मत नेम्बाङ, सहसचिव खगिन्द्रा खुसी, कोषाध्यक्षः भवानीप्रसाद गौतम, सदस्यहरु दिपक रायमाझी, देवीचरण भण्डारी, कमला नेम्बाङ, बिमला चिमरिया, सेलीङ केसी, माधव कल्पित, हेमन्ता भण्डारी, सुनिता तामाङ लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: