राष्ट्रपतिद्वारा विद्रोही, मायामितु र प्रदिप पुरस्कृत

  प्रकाशित मिति
६ आश्विन २०७९, बिहीबार २१:११


मेचीनगर, ६ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले झापाका तीन पत्रकारलाई आज काउन्सिलको पत्रकारिता पुरस्कारबाट सम्मानित गरेकी छन् ।

अग्रज पत्रकार माधव विद्रोही, साहित्यिक पत्रकार मायामितु न्यौपाने र युवा सम्पादक प्रदिप परियार सम्मानित भएका हुन् ।

चार दशकदेखि पत्रकारितामा क्रियाशील माधव विद्रोही झापाबाट प्रकाशित स्वाधीन सम्बाद साप्ताहिकका सम्पादक हुन् ।

काउन्सिलले स्थापना गरेको सुरेन्द्र बहादुर बस्नेत पत्रकारिता पुरस्कारबाट सम्मानित उनी नेपाल पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष हुन् ।

पत्रकार मायामितु न्यौपाने साहित्य र पत्रकारिता क्षेत्रकी अब्बल नारी हस्ताक्षर हुन् । काउन्सिलको साहित्यिक पत्रकारिता पुरस्कारबाट सम्मानित उनी नेपाल पत्रकार महासंघ पर्साकी उपाध्यक्ष भइसकेकी छन् ।

झापाको विर्तामोडबाट प्रकाशित इजलाश दैनिकका सम्पादक प्रदिप परियार निडर र प्रखर युवा पत्रकार हुन् । उनलाई काउन्सिलले युवा पत्रकारिता पुरस्कार प्रदान गरेको हो ।

राष्ट्रपति भण्डारीले आज शितल निवासमा आयोजित प्रेस काउन्सिलको ५३ औं स्थापना दिवस समारोहका अवसरमा झापाका तीन जनासहित दर्जन बढी पत्रकारलाई काउन्सिलको पुरस्कार प्रदान गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: