राष्ट्रपति क्षेत्रीय छनोट सुरु

  प्रकाशित मिति
५ फाल्गुन २०७२, बुधबार ०८:२१


DSC04762
झापा । आठौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको क्षेत्रीयस्तरको छनोट खेल मङ्गलवारदेखि सुरु भएको छ । जिल्लाका ६ वटा क्षेत्रमा सुरु भएको छनोट प्रतियोगितामा प्रथम र दोस्रो हुने विद्यालयले १३ गते चन्द्रगढीमा हुने जिल्लास्तरीय प्रतियोगिताका लागि सहभागिता जनाउनेछन् ।

क्षेत्र नम्बर १ को क्षेत्रीय प्रतियोगिता मेची जनसाधारण उमाविमा सुरु भएको छ । प्रतियोगिताको उद्घाटन जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शङ्कर थापाले गरेका थिए । उद्घाटन कार्यव्रmममा बालकल्याण बाल क्लबका विद्यार्थीहरुले मार्चपास गरेका थिए । प्रतियोगिता अन्तरगत १५ सय मिटर दौड, छेलोका खेलहरु सम्पन्न भएका छन् । १५ सय मिटरको छात्रतर्फ मेची जनसाधारण उमाविका पुजन राई, कविशिरोमणि उमाविका मञ्जिल लिम्बू, छात्रातर्फ धुलाबारी उमाविकी ज्योति दनुवार प्रथम, बालकल्याण माविकी पार्वती गिरी दोस्रो, छेलो छात्रतर्फ धुलाबारी उमाविका विशु किसान प्रथम र हिमालयन सेकेण्डरी स्कुलका पदम भुजेल दोस्रो हुँदै जिल्लास्तरीय प्रतियोगिताका लागि छनोट भएका छन् ।

प्रतियोगितामा भलिबल, ज्याब्लिङ थ्रो, १, २, ४ सय मिटर दौड, रिले दौड र सटफुट खेलको हिट भएका छन् । खेल संयोजक कृष्णप्रसाद अधिकारीको सभापतित्वमा सम्पन्न कार्यव्रmमको स्वागत सचिव मुक्ति चापागाईं र सञ्चालन पुष्कर ढकालले गरेका थिए ।

यसैगरी क्षेत्र नम्बर २ मा भएको प्रतियोगिताको उद्घाटन खेलकुद विकास समितिका उपाध्यक्ष प्रशान्त भण्डारीले गरेका छन् । महेन्द्र ज्योति उमाविमा भएको प्रतियोगितामा छात्र÷छात्रा लङ्जम्पको फाइनल खेल सम्पन्न भएको छ । छात्रतर्फ हल्दिबारी उमाविका रोहित फँुयाल प्रथम, वीरेन्द्र उमाविका सन्तोष राजवंशी दोस्रो, छात्रातर्फ महेन्द्र रत्न उमाविकी नविता महतो प्रथम र हल्दिबारी उमाविकी तुलसा मुर्मु दोस्रो भएर जिल्लाका लागि छनोट भएका छन् ।

१, २, ४ सय मिटर, भलिबलका खेलहरुको हिट चरण भएका छन् । खेल संयोजक प्रेम लिम्बूको सभापतित्वमा सम्पन्न कार्यव्रmमको सञ्चालन विरेन्द्र कडरिया र स्वागत कृष्ठ पाठकले गरेका थिए ।

यसैगरी, क्षेत्र नम्बर ३ को प्रतियोगिता चन्द्र भानु उमाविमा सुरु भएको छ । प्रतियोगिताको उद्घाटन सहायक जिल्ला शिक्षा अधिकारी नारायण बानियाँले गरेका थिए ।
२९ वटा विद्यालयको सहभागिता रहेको प्रतियोगितामा १, २, ४ र १५ मिटर दौड, छेलो, भलिबल लगायतका खेलहरुको हिट चरण भएका छन् । खेल संयोजक शिवकुमार राजभण्डारीको सभापतित्वमा सम्पन्न कार्यव्रmमको स्वागत सुरेशकुमार राई र सञ्चालन डिल्ली पाखरेलले गरेका थिए । उक्त क्षेत्रमा क्षेत्रीयस्तरको शिल्ड समेत तयार पारिएको छ । जुन जिल्लामै पहिलो हो ।

क्षेत्र नम्बर ४ को बुद्ध आदर्श उमावि बुधबारेमा सुरु भएको छ । खेलको उद्घाटन सहायक जिल्ला शिक्षा अधिकारी उद्धव विष्टले गरेका थिए । २६ वटा विद्यालय सहभागी भएको प्रतियोगितामा भलिबल, कबडी, १ सय र २ तथा रिले दौडको हिट चरणका खेलहरु भएको सचिव धनबहादुर श्रेष्ठले जानकारी दिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि पौडेलको सभापतित्वमा सम्पन्न कार्यव्रmमको सञ्चालन मुनाराज शेर्माले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: