चन्द्रगढी । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ आठौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता विहीबार झापाको चन्द्रगढी रङ्गशालामा सुरु भएको छ ।
युवा तथा खेलकुद मन्त्रालयको वार्षिक कार्यव्रmम, राष्ट्रिय खेलकुद परिषदको अग्रसरता तथा जिल्ला खेलकुद विकास समिति झापाको आयोजनामा सुरु प्रतियोगिताको उद्घाटन कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अग्निप्रसाद खरेलले उद्घाटन गरेका छन् ।
झापाका ७ वटा निर्वाचन क्षेत्रबाट छनोट भएर आएका २ सय ५० भन्दा बढी विद्यालयको प्रतियोगितामा सहभागिता रहेको छ ।
उद्घाटन समारोहमा एथ्लेटिक्स प्रशिक्षक लोकबहादुर ओली, विश्व कीर्तिमानी झापाली प्रतिभा अर्पण शर्मा कट्टेल, चन्द्र भानु माविका प्रधानाध्यापक सुरेशकुमार राई, हिमालय उच्च माविका प्रधानाध्यापक टङ्क पाठक तथा नृत्यकार अञ्जली माझीलाई कदर पत्रसहित सम्मान गरिएको थियो ।
उनीहरूलाई कार्यव्रmमका प्रमुख अतिथि मन्त्री खरेलले सम्मान गरेका थिए । प्रतियोगितामा पशुपति मावि काँकरभिट्टा, बालकल्याण मावि मेचीनगर लगायतका विद्यालयले मेचे, सतार, लिम्बू जातिको नृत्य प्रस्तुत गरेका थिए । सो अवसरमा जिल्लाका ५० भन्दा बढी विद्यालयका विद्यार्थीहरूले मार्चपास प्रस्तुत गरेका थिए ।
प्रतियोगिता अन्तर्गत छात्रा÷छात्र भलिबल, कबडी, एथ्लेटिक्स, तेक्वान्दो, कराँते र उसु खेलमा विद्यार्थीहरूले प्रतिस्पर्धा गर्दैछन् ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शङ्कर थापाको सभापतित्वमा सम्पन्न कार्यव्रmममा जिल्लाका खेलकुद संस्था, सरकारी कार्यालयका प्रमुख, सुरक्षा निकायका प्रमुख, शिक्षा क्षेत्रका अगुवा लगायत विभिन्न तह र तप्काका व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।
कार्यव्रmमका बारेमा अध्यक्ष थापाले प्रकाश पार्दै राष्ट्रपति शिल्ड जिल्लाकै सबैभन्दा वृहत र भव्य खेलकुद उत्सव भएको बताएका थिए । उपाध्यक्ष प्रशान्त भण्डारीले स्वागत गरेको कार्यव्रmमको सञ्चालन कार्यालय प्रमुख टहलदास मैनाली र सहायक जिल्ला शिक्षा अधिकारी उद्धव विष्टले गरेका थिए ।
प्रतियोगिताको पहिलो दिन धेरै खेलहरूको हिट राउण्ड भएका छन् भने १५ सय मिटर दौड र सटफुट खेलको फाइनल सम्पन्न भएका छन् ।
१५ सय मिटरको छात्रतर्फको दौडमा सिंहदेवी निमाविका प्रकाश दनुवारले स्वर्ण, मेची जनसाधारण उमाविका पुजन राईले रजत र कविशिरोमणि उमाविका खगेन्द्र सुवेदीले कास्य पदक प्राप्त गरेका छन् ।
छात्रातर्फ दुर्गा उच्च माविकी गीता आचार्यले स्वर्ण, सिंहदेवी माविकी अस्मिता गिरीले रजत, हल्दिबारी उमाविकी सुष्मा सेन्चुरीले कास्य पदक प्राप्त गरिन् ।
सटफुटको छात्रतर्फ धुलाबारी उमाविका विशु किसानले स्वर्ण, फुलबारी उमाविका रमेश राजवंशीले रजत, चन्द्रभानु उमाविका सोमराज गुरुङले कास्य पदक प्राप्त गरेका छन् ।
सटफुटको छात्रातर्फ लक्ष्मी माविकी अजुजा कुलुङले स्वर्ण, प्रगति उमाविकी चमेली लुइँटेलले रजत, महेन्द्र रत्न उमाविकी संचिता मैनालीले कास्य पदक प्राप्त गरेकी छिन् ।
एक सय मिटर दौडमा सरस्वती माविका निरोज धिमालले स्वर्ण, बुद्धआदर्श उमाविका शम्भु राजवंशीले रजत, नेशनल मेरीगोल्डका अभिषेक चौलागाईले कास्य पदक प्राप्त गरेका छन् ।
छात्रातर्फ चम्पापुर माविकी मालती टुडु स्वर्ण, भानु उमाविकी सुस्मिता गिरी रजत र लक्ष्मी माविकी शान्ति माडीले कास्य पदक प्राप्त गरेकी छिन् ।
यसैगरी छात्रातर्फको ट्रिपलजम्पमा बलभद्र उमाविकी रिना उराऊले स्वर्ण, लक्ष्मी माविकी शान्ति माडीले रजत, सिंहदेवी उमाविकी हेमन्ता थापाले कास्य जितेकी छिन् ।
अन्य खेलहरूको हिट चरणका मात्र खेल भएका छन् । ३ दिनसम्म चल्ने प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ ।