झापा । राष्ट्रपति विद्यादेवी भण्डारीले दुइटै अध्यादेश शुक्रबार खारेज गरेकी छिन् ।
राजनीतिक दल र संवैधानिक परिषद् सम्बन्धी दुइटै अध्यादेश राष्ट्रपति भण्डारीले दिउँसो मन्त्रिपरिषद् बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेलगत्तै राष्ट्रपति भण्डारीले खारेज गरेकी हुन् ।
मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख) बमोजिम अध्यादेशहरु खारेज गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
चार दिनअघि मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ र राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७ प्रमाणिकरण गरेकी थिइन् ।