राष्ट्रपति भण्डारीलाई भेटे लगत्तै प्रम ओली मन्त्रीहरुसँग छलफलमा

  प्रकाशित मिति
२० असार २०७७, शनिबार १९:३९


मेचीनगर । राजनीतिक सरगर्मी केही कम भएको शनिबारको साँझ प्रधानमन्त्री केपी शर्मा ओली शीतल निवास पुगेका छन् ।

यतिबेला राष्ट्रपति विद्यादेवी भण्डारीसँग उनको छलफल भइरहेको छ ।

त्यस्तै, प्रधानमन्त्री ओलीले साँझ सात बजे मन्त्रीहरुलाई बालुवाटार बोलाएका छन् ।

नेकपामा पछिल्लो समय बिवाद चर्किरहेको छ । स्थायी कमिटी बैठकसमेत प्रभावित भइरहेको छ । पछिल्लो परिस्थितिबारे जानकारी गराउन ओलीले मन्त्रीहरुलाई बालुवाटार बोलाएका हुन् ।

‘आठ बजे बालुवाटार आउन भनिएको छ । के विषयमा कुराकानी हुन खोजेको जानकारी दिइएको छैन,’ एकजना मन्त्रीले भने ।

स्थायी कमिटी बैठकसँगै चर्को घेराउमा परेका प्रधानमन्त्री केपी शर्मा ओली अहिले संकटमा छन् । साथै, उनको पार्टी नेकपामा के हुने भन्ने अन्यौल कायमै छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: