राष्ट्रपति रनिङ्ग शिल्ड: क्षेत्रीय छनोट सुरु

  प्रकाशित मिति
११ बैशाख २०७५, मंगलवार १५:५५



काँकरभिट्टा । दशौं झापा जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता अन्र्तगत छात्र फुटबलतर्फको १ नम्बर क्षेत्रीय छनोट मङ्गलबारबाट सुरु भएको छ ।

काँकरभिट्टा माविले स्थानीय खेल मैदानमा आयोजना गरेको क्षेत्रस्तरीय प्रतियोगिताको उद्घाटन जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापाले गरेका छन् ।

प्रतियोगिता उद्घाटनका क्रममा प्रमुख अतिथि थापाले देशभरमै पहिलो पटक गत वर्षदेखि झापामा फुटबल र क्रिकेटलाई पनि राष्ट्रपति रनिङ्ग शिल्डमा समावेश गरिएको बताए ।

उनका अनुसार जिल्लाका १५ वटै स्थानीय तहलाई लक्षित गरी यसवर्ष मेचीनगरबाट फुटबल र क्रिकेटको स्थानीय तहस्तरीय प्रतियोगिता सुरु गरिएको हो ।

स्थानीय तहस्तरीय प्रतियोगितामा छनोट भएका टिमले नगरपालिका र गाउँपालिकाबीच प्रतिष्पर्धा गर्दै क्षेत्रीय छनोटमा भाग लिने छन् ।

आउँदो माघ १३ गते समापन हुने प्रतियोगिताको क्षेत्रीय छनोटका लागि क्षेत्र अन्र्तगत सञ्चालित विभिन्न १४ वटा सामुदायिक र संस्थागत विद्यालयले भाग लिएका छन् ।

प्रतियोगिताको उद्घाटन खेलमा धुलाबारी मावि र इष्ट होराइजन अङ्ग्रेजी आवाशिय माविबीच प्रतिष्पर्धा भएको आयोजक विद्यालयका खेल शिक्षक गणेश खनालले जानकारी दिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तमर राईको अध्यक्षतामा आयोजित प्रतियोगिताको उद्घाटन कार्यक्रममा स्वागत खेल शिक्षक देवेन्द्र निरौला र सञ्चालन प्रधानाध्यापक तुलसीप्रसाद निरौलाले गरेका थिए ।

यसैबीच, क्रिकेट छात्र तथा छात्रातर्फको १ नम्बर क्षेत्रीय छनोट प्रतियोगिता बुधबार९भोली० देखि सुरु हुँदैछ ।

काँकरभिट्टास्थित तुर्केनी खेल मैदानमा सञ्चालन हुने प्रतियोगितामा क्षेत्र अन्र्तगतका विभिन्न २५ वटा विद्यालयले सहभागिता जनाउँदै छन् ।

प्रतियोगितामा सामुदायिक र संस्थागत विद्यालयबाट छात्रतर्फ १६ र छात्रातर्फ ९ वटा टिमबीच प्रतिष्पर्धा हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: