राष्ट्रपति रनिङ आज सकिदै

  प्रकाशित मिति
६ बैशाख २०७५, बिहीबार ११:५४


भद्रपुर । दशौँ झापा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा विजयी खेलाडीहरुलाई बुधबार मेडल तथा प्रमाणपत्र प्रदान गरिएको छ ।

मङ्गलबारबाट सुरु प्रतियोगिता अन्तर्गत बुधबारसम्म सम्पन्न फाइनल खेलमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने खेलाडीलाई पुरस्कृत गरिएको हो ।

भद्रपुरस्थित मेची रङ्गशालामा जारी प्रतियोगिता अन्तर्गत बुधबारसम्मको फाइनल खेलमा कराँते छात्रातर्फ ४० केजी तौल समूहमा सूर्योदय अङ्ग्रेजी स्कूल दमककी ओशिष श्रेष्ठ प्रथम भइन् ।

त्यस्तै, ४५ केजी तौल समूहमा हिमालय मावि दमककी सामुना राई प्रथम र ५० केजी तौल समूहमा सूर्योदय अङ्ग्रेजी स्कूल दमककी प्रकृति चौधरीले प्रथम स्थान हासिल गरेका छन् ।

त्यसैगरी, एथलेटिक्स छात्रातर्फ ट्रयाकको १ सय मिटर दौडमा चम्पापुर मावि कनकाईकी मालती टुडु प्रथम, २ सय मिटरमा धुलाबारी मावि मेचीनगरकी प्राप्ती खरेल प्रथम स्थान ओगट्न सफल भएका छन् ।

त्यस्तै, ४ सय मिटरमा जनचेतना मावि शिवसताक्षीकी निशा माझी प्रथम, १५ सय मिटरमा घैलाडुब्बा मावि कनकाईकी सरिता मर्डी प्रथम र ३ हजार मिटरमा जनकल्याण मावि झापा गाउँपालिकाकी छिटो हेमरम प्रथम भएका थिए ।

एथलेटिक्स फिल्डतर्फको हाइजम्पमा ब्लु हेभन अङ्ग्रेजी स्कुल अर्जुनधाराकी यशोदा गौतम प्रथम बनिन् भने ट्रिपल जम्पमा लक्ष्मी मावि जलथलकी शान्ति मर्डी प्रथम, ज्याब्लिङ थ्रोमा धुलाबारी मावि मेचीनगरकी ज्योति दनुवार प्रथम र सटफुटमा लक्ष्मी मावि जलथलकी ऋतिका राजवंशी प्रथम भएका थिए ।
त्यस्तै, एथलेटिक्स छात्रतर्फ ट्रयाकको १ सय मिटर दौडमा ढुकुरपानी मावि दमकका विकास श्रेष्ठ प्रथम, २ सय मिटरमा भृकुटी मावि कनकाईका लिलाबहादुर भित्रिकोटी प्रथम, ४ सय मिटरमा ब्लु हेभन अङ्ग्रेजी स्कुल अर्जुनधाराका कुलदीप जवेगु प्रथम भएका छन् ।

त्यस्तै, १५ सय मिटरमा हिमालय मावि दमकका लक्ष्मण अधिकारी प्रथम, ३ हजार मिटरमा जनता मावि अर्जुनधाराका हरिबहादुर आले मगर प्रथम हुन सफल भएका छन् ।

एथलेटिक्स फिल्डतर्फको हाइजम्पमा धुलाबारी मावि मेचीनगरका अजय तामाङ प्रथम भए भने ट्रिपल जम्पमा शनिश्चरे मावि अर्जुनधाराका सुमन दनुवार प्रथम, ज्याब्लिङ थ्रोमा चिल्ड्रेन मावि जलथलका शिव मेचे प्रथम र सटफुटमा जनता मावि अर्जुनधाराका दिपेश राई प्रथम भएका छन् ।
उनीहरुलाई प्रतियोगितास्थलमा बुधबार आयोजित कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विष्णुकुमार केसी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष एवम् कार्यक्रमका सभापति शङ्कर थापालगायतले मेडल र प्रमाण पत्रसहित पुरस्कृत गरेको कराँते प्रशिक्षक दुर्गाराज निरौलाले जानकारी दिए ।

निर्वाचन क्षेत्रस्तरीय प्रतियोगिताबाट छनोट भई जिल्लास्तरीय छनोट प्रतियोगितामा समावेश भएका भलिबल, कबड्डी, एथलेटिक्स, कराँते, उसु र तेक्वान्दो खेलमा प्रथम स्थान हासिल गर्ने खेलाडी एवम् टिमले प्रदेशस्तरीय छनोट प्रतियोगितामा प्रतिष्पर्धा गर्ने जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख टहलदास मैनालीले बताए ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ युवा तथा खेलकुद मन्त्रालयको वार्षिक कार्यक्रम, राष्ट्रिय खेलकुद परिषद्को संयोजन र जिल्ला खेलकुद विकास समितिको आयोजनामा सुरु सो प्रतियोगिता बिहीबार समापन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: