राष्ट्रपति र प्रधानमन्त्री ओलीद्वारा श्रद्धाञ्जलि अर्पण

  प्रकाशित मिति
१७ फाल्गुन २०७५, शुक्रबार ०९:५८


झापा । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले हेलिकप्टर दुर्घटनामा निधन भएका संस्कृति,पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्द्र अधिकारीलाई राष्ट्रिय झण्डा ओडाएर सम्मान गर्नुभएको छ । प्रधानमन्त्री ओलीले अन्य मृतकहरुको शवमा फूलमाला अपर्ण गरेर श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

गत १५ गते ताप्लेजुङको पाथीभरा क्षेत्रमा मन्त्री अधिकारी सहित ७ जनाको निधन भएको थियो । मृतकको शव पहिचान भएपछि आज बिहान श्रद्धान्जलीका लागि टुँडीखेलमा राखिएको छ ।

दुर्घटनामा मन्त्री अधिकारी सहित प्रधानमन्त्री कार्यलयका उपसचिब युवराज दाहाल,पर्यटन व्यवसायी आङ छिरिङ शेर्पा, मन्त्री अधिकारीका सुरक्षा गार्ड अर्जुन घिमिरे,नागरिक उडड्यन प्राधिकरणका उपमहानिर्देशक बिरेन्द्र श्रेष्ठ, निर्देशक ध्रुव भोछिभोया र पाइलट प्रभाकर केसीको मृत्यू भएको थियो ।

नेपाल कम्यूनिष्ट पार्टी (नकेपा)का नेता समेत रहेका अधिकारीलाई प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाको झण्डा ओडाउनुभएको छ । मृतकहरुलाई उपराष्ट्रपति नन्दबहादुर पुन, पूर्व प्रधानमन्त्रीहरु,मन्त्रीहरु,कर्मचारी,सुरक्षा निकाय,मृतकका आफन्त र सर्वसाधरणले श्रद्धाञ्जलि अर्पण गरेका छन् ।
श्रद्धाञ्जलिका लागि शबहरुलाई बिहान ८ बजे देखि ११ बजेसम्म टुँडीखेलमा राखिने र त्यसपछि परिवारका सदस्यहरुलाई बुझाइने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: