राष्ट्रप्रमुख माथि दुरव्यवहार गर्नेलाई कारवाहीको माग

  प्रकाशित मिति
१२ पुष २०७२, आईतवार ०८:०५


rastapati btm (3)

काँकरभिट्टा, १२ पुस । झापाका महिला नेतृहरुले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि केही दिन अघि मधेशी मोर्चाका कार्यकर्ताले जनकपुरमा गरेको दुव्र्यवहारको चर्को विरोध गरेका छन् ।

उनीहरुले सरकारले अपराधीलाई कारवाही गर्न ढिलो गरेकोमा शनिबार विरोध सभाको आयोजना गरी आव्रmोश व्यक्त सहित विरोध गरेका हुन् ।

अन्तरपार्टी महिला सञ्जालकी अध्यक्ष माया गुरुङले महामहिम राष्ट्रपतिमाथि मधेशी मोर्चाका कार्यकर्ताले गरेको दुव्र्यवहारको घोर निन्दा र भत्र्सना गर्दै दोषीलाई कडाभन्दा कडा कारवाहीको माग गरेकी छिन् । उनले धर्मको नाममा महिलामाथि गरिएको दुव्र्यवहारले राष्ट्रमात्र होइन अन्तर्राष्ट्रियस्तरमै नेपालको बद्नाम भएको बताएकी छिन् ।

अन्तरपार्टी महिला सञ्जालको आयोजनामा शनिबार हनुमान मन्दिर परिसरमा आयोजित कोणसभालाई सम्बोधन गर्दै अध्यक्ष गुरुङले भर्खरै जारी नेपालको संविधान २०७२ मा उल्लेखित कानून अनुसार अपराधीलाई कारवाही गरी आम नेपाली महिलालाई न्याय दिलाउन सरकारसँग माग गरेकी छिन् ।

‘एकल महिलालाई सम्मान गरौं, राष्ट्रप्रमुख माथि दुव्र्यवहार गर्नेलाई कानुनी कारवाही गर, महिला एकता जिन्दावाद’ लगायतका नारासहित हनुमान मन्दिर परिसरबाट निकालिएको विरोध र्याली बजार परिव्रmमापछि त्यही आएर कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै महिला नेतृ लक्ष्मी उप्रेती (सरु)ले राष्ट्रपति माथि भएको दुव्र्यवहार धर्मको आडमा गरिएको भन्दै मधेशी मोर्चाका नेता र कार्यकर्तालाई सोच बदल्न आग्रह गरेकी छिन् । उनले संविधानमा कुनै पनि महिलालाई जाति, पार्टी र धर्मको नाममा विभेद नगरेको बताइन् ।
महिला नेतृ मीना उप्रेतीले अपराधीलाई कारवाही नभएसम्म सरकारलाई खबरदारी गरिरहनु पर्ने बताइन् । उनले एकल भएकै कारण महिलाहरुले भोग्नु पर्ने सामाजिक, धार्मिक र राजनीतिक हिंसाको अन्त्य गर्न सरकार आफैं अग्रसर हुनुपर्ने बताइन् । उनले महामहिम राष्ट्रपतिले एकल भएकै कारण मन्दिर पस्दा गंगाजल र सुनपानी छर्कनु पर्ने परिस्थति सिर्जना फेरि नदोहोरिने गरी अपराधीलाई कारवाही गर्न माग गरिन् ।

अन्तरपार्टी महिला सञ्जालकै उपाध्यक्ष गोभा भट्टाराईले राष्ट्रपति माथि दुव्र्यवहार गर्ने अपराधीको सर्वस्वहरण गरी कारवाही गर्न सरकारसँग माग गरिन् ।

महिला नेतृ विना तामाङले दुव्र्यवहारको भत्सना गर्दै यो महिलाको मात्र नभएर राष्ट्रको समस्या भएको बताइन् । मुलुकमा राष्ट्रप्रमुख माथि भएको अमानवीय दुव्र्यहारको विरोधमा मानवअधिकारकर्मी नबोल्नु आश्चर्यजनक भएको बताइन् ।
एकल महिला शसक्तिकरण मञ्चकी केन्द्रीय अध्यक्ष मीरा पोखरेलले धर्म र संस्कृतिका नाममा राष्ट्रप्रमुख माथि दुव्र्यवहार भएकोमा आपत्ति जनाइन् । उनले एकल महिला भएकै कारण मन्दिर नपस्न र पूजा पाठ नगर्न भनी कुनै पनि धर्मशास्त्रमा उल्लेख नभएको बताइन् ।

महिला नेतृ झुमा बानियाँले आमाहरुको सम्मान गर्न मधेशी मोर्चाका कार्यकर्तालाई आग्रह गरिन् । उनले राष्ट्रप्रमुख माथिको घटनाले आम नेपाली आमाको मनोबल कमजोर भएको बताउँदै अपराधीलाई चाँडो कारवाही गर्न सरकारसँग माग गरिन् ।
पत्रकार अम्बिका भण्डारीले राष्ट्रप्रमुख माथि गरिएको दुव्र्यवहार निन्दनीय भएको भन्दै अपराधीलाई कडा कारवाहीको माग गरिन् । उनले अन्य मुलुकमा आजसम्म महिलाले एकल भएकै कारण दुव्र्यवहार सहनु नपरेको बताउँदै नेपालको घटना दुर्भाग्यपूर्ण भएको बताइन् ।

अन्तरपार्टी महिला सञ्जाल क्षेत्र नं. १ की अध्यक्ष डम्बर कुमारी थापाले स्वागत गरेको कार्यव्रmममा महिला नेतृहरु शुभद्रा भट्टराई, रेणुका डाँगी, पुष्पा भण्डारी, रचना घिमिरे, मैया उप्रेती, लक्ष्मी उप्रेती, लगायतका मेचीनगर क्षेत्रका सय बढी महिला नेतृको उपस्थिति थियो ।

कार्यव्रmमको सञ्चालन अन्तरपार्टी महिला सञ्जालकी सदस्य तथा अखिल नेपाल महिला सङ्की अध्यक्ष जसमाया गजमेरले गरेकी थिइन् । कार्यव्रmममा परिवर्तन थिएटरले एकल महिलाले अझै पनि समाजमा भोग्नु पर्ने रुढीग्रस्त दुव्र्यवहार विरुद्को कचहरी नाटक प्रस्तुत गरेको थियो । कार्यव्रmममा साहित्यकार केन्द्रप्रसाद भट्टराइले राष्ट्रपतिमाथि गरिएको दुव्र्यवहार विरुद्ध कविता बाचन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: