राष्ट्रिय एकता र पृथ्वीनारायण शाहको विवेचना

  प्रकाशित मिति
१ माघ २०७२, शुक्रबार १०:४६


naresh khati

पृथ्वीनारायण शाहको जन्मदिनको अवसर पारेर वि.स.२००७ सालपछि राज्यकातर्फबाट मनाउन थालिएको राष्ट्रिय एकता दिवस वि.स.२०६३ सालको सरकारले यो दिवसलाई खारेज गरी पुष २७ मा सर्वजनिक बिदा दिन बन्द गर्यो । पृथ्वीनारायण शाहलाई राष्ट्रनिर्माता मान्नेहरुले सधा झै एक सय चौरानब्बेऔं “पृथ्वी जयन्ती तथा एकता दिवस” विरोध र उत्सवका बीच सम्पन्न गरे । यसका पक्ष विपक्षमा उत्तिकै माहोल खडा भयो । मुख्य गरी तीन किसिमका समूह देखा परे । पहिलो निसंदेह पृथ्वीनारायण शाह नेपालका राष्ट्र निर्माता र एकताको प्रतिकका रुपमा, दोस्रो पृथ्वीनारायण शाहका नाममा हिन्दु धर्म र राजतन्त्र फर्काउने र तेस्रो उनी राज्य बिस्तार र असली हिन्दुस्तान बनाउने योजनाकारका रुपमा चित्रण गर्ने मत । पहिलो र दोस्रो मत पृथ्वीनारायण शाहको पक्षमा छ भने तेस्रो मत उनको विपक्षमा छ । पहिलो मत राख्नेहरु पृथ्वीनारायण शाह गुणै गुणले युक्त राष्ट्रनिर्माता हुन भन्ने सनातन सोच भएका विभिन्न दलका नेता कार्यकर्ता,धेरै हिन्दु धर्मका व्यक्तिहरु र पृथ्वीनारायण शाहलाई राष्ट्र निर्माता र एकताका प्रतिक हुन भनी सिकाइएका सर्वसाधारण छन् ।
तेस्रो मत समग्र गणतन्त्रवादी ,हिन्दु पराम्परागत वर्णाश्रम व्यवस्थाका विरोधी ,उत्पीडित र पृथ्वीनारायण शाहको राज्यबिस्तारका क्रममा ज्याजती र उत्पीडन भोगेकाका सन्ततिहरुको जमात छन् । आज एक पक्ष पृथ्वीनारायण शाहका अन्धभक्त जस्ता देखिन्छन् भने अर्को पक्ष सर्वत्र विरोधमा उत्रिएको छ । सर्मथक र विरोधीका बिच पृथ्वीनाराण शाहको समालोचना गर्नु आवश्यक भएको छ ।

गोरखामा राजा नरभूपाल शाहका छोरा पृथ्वीनारायण शाहको जन्म वि.स. १७७९ पुष २७ गते भएको थियो । उनले राज्य बिस्तारका क्रममा साम,दाम,दण्ड,भेदको सबै नीति अबलम्बन गरेका थिए । इतिहासमा उल्लेख भए बमोजिम पृथ्वीनरायण शाहमा एउटा राजामा हुनु पर्ने शासकीय क्षमता,नेतामा हुनु पर्ने नेतृत्व योद्घाको जस्तो वीरता महत्वकांक्षी र स्वपनदर्शीमा हुनुपर्ने जस्ता आँट र दुरदर्शीता आदि थिए । बाइसी चौबिसे राज्यमा रहेको कलह र झगडालाई आफू अनुकुल राज्य एकिकरणमा सदुपयोग गरे । उपत्यकाका तीनओटा आर्थिक रुपमा सम्पन्न राज्यलाई पटक पटकको आक्रमणबाट परास्त गरी आफ्नो कब्जामा लिए । मकवानपुरका राजा हेमकर्ण सेनकी छारी ईन्द्रकुमारीसंग विवाह गरी बलियो र सम्पन्न राज्यसंग सम्बन्ध राखे । भादगाउँका युुवराज वीरनरसिहंसंग मितेरी सम्बन्ध कायम गरे । पाल्प, तनहुँ र कास्कीसंग मैत्रीभाव कायम गरे । उनी साहसी र नेतृत्वकर्ता थिए भने कुरा पनि उत्तिकै सान्दर्भिक छ, उनी युद्धको नेतृत्व स्वयं गर्दथे । विभिन्न युद्घमा आफै नेतृत्व गरेर राज्य आफ्नो कब्जामा लिएका थिए । पूर्वको किराँतलाई वि.स. १८३१ म आफ्नो बनाउन सफल भए सगै उनले आफूमा भएको कुटनैतिक क्षमता प्रर्दशन गरेका थिए ।

विश्वमा निरन्तर स्वाधिन रहदै आएको राज्य मध्ये नेपाल पनि एक हो ।भारतलाई उपनिवेश बनाई सकेका अंगे्रजबाट नेपाललाई बचाउन टुक्रिएका स साना राज्यलाई एकीकरण गरी विदेशीको पञ्जामा पर्नबाट जोगाएका थिए ।उनले राज्य एकीकरणका अभियानमा मगर,गुरुङ्ग, राई, बाहुन,क्षत्री,ठकुरी,कामी,दमाई लगायत विभिन्न जातजातिको सहयोग र विश्वास लिएका थिए ।उनले नेपाललाई चार जात छत्तीस जातको साझा फूलबारी बनाउने प्रक्रिया अगाडि बढाएका थिए। नेपालभित्रका नेपाली जनताका धर्म संस्कृतिलाई सहयोग र संरक्षण गरेका पृथ्वीनारायण शाहले नेपाललाई असली हिन्दुस्तान निर्माण गर्ने महान लक्ष्य लिएका थिए । (ज्ञानमणि नेपाल) हिन्दु मन्दिर धार्मिक पूजाआजाका स्थल मात्रै नभएर ती हिन्दु समाज व्यवस्थाका केन्द्रिय सुषुम्ना पनि हुन भने, त्यस्ता मन्दिरहरुको विकास,संरक्षण,संवर्धन र गतिविधिमा महत्व दिने गर्दथे । पृथ्वीनारायण शाहमको हिन्दु धर्मप्रति अगाध आस्था थियो । भारतमाथि मुसलमान र अंग्रेजहरुको आधिपत्य उनका लागि पीडादायी थियो । विधर्मीहरु आए र नेपालमा उनीहरुको शक्ति र प्रभाव स्थापना भयो भने यहाँको धर्म, समाज र संस्कृति प्रदूषित हुन्छ भन्ने विश्वास थियो ।

अंग्रेज र मुसलमानी मिरकासिमको फौजसंग युद्ध पृथ्वीनारायण शाहको लागि धर्म,संस्कृति र राष्ट्रियता सम्मान तथा स्वभिमानको यद्ध थियो । यो कुरालाई राम्रसंग बुझेका उनले नेपालको हिन्दु समाजको सुरक्षा गरेका थिए । राष्ट्रियताको जग भनेको भाषा,धर्म,संस्कृति र सभ्याता र ईतिहास हो त्यसलाई संरक्षण गरेर मात्र राष्ट्र समृद्धि हुन्छ भन्ने उनको धारणा थियो । नेपालको राष्ट्रियता,धर्म संस्कृति,औंद्योगिककरण, नेपालको विदेश नीति यावत विचारहरु मुल विचार हुन् । नेपाललाई चाहिने महत्वपूर्ण विचारहरुको उद्गम बिन्दु पृथ्वीनारायण शाहको विचार र दिव्य उपदेश नै हुन भन्ने पृथ्वीनारायाण शाहका समर्थकहरुको अवधारणा छ ।

पृथ्वीनारायण शाहको गुणगान गायीरहदा उनको विपक्षमा आवाज उत्तिकै उठ्ने गरेको छ । उनलाई आरोप लगाउने पनि कमी छैन । उनीहरुको मत छ पृथ्वीनारायण शाह राज्य बिस्तारको पक्षमा थिए । उनले चन्द्रगिरिबाट हेर्दै उपत्यकाका तीनवटै राज्यको राजा हुने मनसाय प्रकट गरेका थिए । उनी गोरखा राज्यमा मात्र सिमित नभएर विशाल राज्यको राजा हुने महत्वकांक्षा राख्ने राजा हुन् । राज्य हत्याउन जस्तोसुकै काम गर्न पछि नपर्ने उनीले काशीमा गएर आफ्नो भारद्धाज गोत्र त्याग गरी काश्यप गोत्र लिएका थिए । बलियो र समृद्ध राज्य मकवानपुरका राजा हेमकर्ण सेनकी छोरी ईन्द्रकुमारीसंग विवाह गरेर पछि लिन गएको बेला मकवानपुरका सिपाहीहरुले जुत्ता नफुकाली सलाम नगरेकोले रिसले ती सिपाहीहरुलाई मार्न लगाए यसबाट उनको उद्धत र क्रोधी मिजाज मूर्खतापूर्ण काम गर्ने बानी प्रकट हुन्छ । बेलकोटको विजय पछि कदैमा परेका जयन्त रानालाई क्ररतापूर्वक छाला काडेर मार्न लगाए,आफ्ना छोरालाई कैद गर्न षडयन्त्र गर्ने जैसी ब्राहमणको हत्या गरी, जैसीहरुलाई उनीहरुको पुरोहित्य कर्म गर्ने अधिकार खोसि दिए ।किर्तिपुर विजयपछि त्यहाँका जनताको नाक कान काटेका थिए । मकवानपुरका मानिस उपर ज्यादै अत्याचार गरेको हेमिल्टनले लेखेका छन्। हतारमा किर्तिपुरमाथि आक्रमण गर्दा काल पाँडे मारिए, पृथ्वीनारायण शाह स्वयं नुवाकोट शरण लिन पुगे ।उनले सबै जातको फूलवारीका नाममा हिन्दु धर्ममा रहेको जातिय व्यवस्थालाई कायम राखेका थिए। उनको मुख्य ध्येय नेपाललाई असली हिन्दुस्तान बनाउने थियो। सबै जातजातिलाई एउटै हिन्दु वर्ण व्यवस्थाभित्र लादेका थिए। पृथ्वीनारायण शाहका अझ धेरै ज्याजतीका प्रसंग छन्। यस्तो प्रवृत्ति भएका उनी कसरी शत्रुप्रति सम्मान गर्ने ,दुरदर्शी, सबै जातजातिलाई समान व्यवहार गर्ने,राष्ट्रिय एकताका प्रतिक हुन सक्छन?यस किसिमको मत विरोधीको छ ।

आज पृथ्वीनारायण शाहको प्रसंग उठाएर आ आफ्नो स्वार्थ पुर्ति गर्न उद्यत् देखिन्छन् । हिन्दुवादीहरु राज्यलाई पुन हिन्दुकरण गर्न चाहने, राजावादीहरु राजतन्त्र फर्काउने र वर्ण व्यवस्था र जातपातका हिमायती त्यही पुरानो एक सय चौरानब्बे वर्ष अघिको सनातन परम्पराको गुणगान गरेर थाकेका छैनन्। प्रश्न उठ्छ त्यत्रो समय अघिका संस्कार कसरी वर्तमानमा सान्र्दभिक हुन सक्छन?पृथ्वीनारायण शाहले आज्र्यको भूमि उत्तरमा रसुवागढी,दक्षिणमा मोरङ्ग,हनुमानगर,पूर्वमा दार्जिलिङ्ग र पश्चिममा मस्याङ्गदी र चेपेसम्म थियो ।
पृथ्वीनारायण शाहले परिकल्पना गरेको सभ्यता संस्कृति हिन्दु व्यवस्था विभिन्न धर्म मान्ने , एक सय पच्चीस जातजाति भएको मुलुकमा सान्र्दभिक हुदैन। समाज विकासक्रम धेरै अगाडि बढीसक्यो नेपालले विश्वसंग हातेमालो गरेर हिड्ने बेला हो यो । किन्तु समाजको एक सामान्य व्यक्ति झै पृथ्वीनारायण शाहको कार्यको मूल्यांकन गरिनु उनको प्रति अन्याय हनेछ सबै मानिस गुण दोषले युक्त हुन्छ र उनका पनि राम्रा पक्ष केलाउनु आवश्यक भने, उनलाई बढाई चढाई गरेर युगपरुष पनि बनाउन उचित नहोला। समयको माग सगैं सबैको उचित कदर गर्दै परिवर्तनलाई आत्मसात गर्नु बुद्धिमता हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: