राष्ट्रिय खुल्ला रेटिङ बुद्धिचालको उपाधि कृष्णलाई

  प्रकाशित मिति
१७ जेष्ठ २०७५, बिहीबार १६:४९


काँकरभिट्टा÷ पीवी थापा स्मृति केसीसी राष्ट्रिय खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगिता–२०७५ को उपाधि मकवानपुरका कृष्ण थापाले हात पारेका छन् ।

सर्वाधिक ७ दशमलव ५ अंक ल्याएका प्रतियोगिताका विजेता थापाले नगदराशी ५० हजार रुपैयाँ प्राप्त गरेका हुन् ।

प्रतियोगितामा ललितपुरका राजन पुरी प्रोगे्रसिभ पोइन्टका आधारमा ७ अंकसहित दोस्रो र झापा दमकका राजन सुवेदी ७ अंक प्राप्त गर्दै तेस्रो भए । पुरी र सुवेदीले क्रमशः नगदराशी ३० हजार र २० हजार रुपैयाँ पाएका छन् ।

७ अंक ल्याएका झापा दमकका भूपेन्द्र निरौला चौथो र सुमन श्रेष्ठ पाचौं, ६ दशमलव ५ अंक ल्याउने झापा दमकका प्रकाश नेपाल छैटौं र ६ दशमलव ५ अंक हाँसिल गरेका ललितपुरका बद्रीलाल नेपाली सातौं भए ।

त्यस्तै ६ दशमलव ५ अंक ल्याएका झापा मेचीनगरका विश्वविजय घिमिरे आठौं, ६ अंक ल्याएका काठमाण्डौंका सुरवीर लामा नवौं, ६ अंक ल्याएका काठमाण्डौंका मनिष हमाल दशौं, मणिराज डाँगी एघारौं , विलमलाल श्रेष्ठ १२ औं, ६ अंक ल्याएका झापा शिवसताक्षिका ज्वाला इम्बुङ १३ औं, ६ अंक ल्याएका काठमाण्डौंका नविन तण्डुकार चौधौं र ६ अंक ल्याएका झापा मेचीनगरका उमेश राईले १५ औं स्थान ओगट्न सफल बने ।

प्रतियोगितामा चौथोदेखि १५ औं स्थान प्राप्त गर्ने खेलाडीहरुले नगदराशी क्रमशः १५ हजार, १० हजार, ८ हजार, ७ हजार, ६ हजार, ६ हजार, ६ हजार, ५ हजार ५ सय, ५ हजार ४ सय, ५ हजार ३ सय, ५ हजार २ सय र ५ हजार १ सय रुपैयाँ प्राप्त गरेका छन् ।

त्यसैगरी प्रतियोगिताको अन्य विधा अन्र्तगत भेट्रानतर्फ हिराकाजी मर्हजन ६ अंकसहित प्रथम र ५ दशमलव ५ अंकसहित लक्ष्मीप्रसाद कन्दङ्वा द्धितीय भए । उनीहरुले क्रमशः ४ हजार र ३ हजार रुपैयाँ पाए ।

१२ वर्षमुनीतर्फ ४ दशमलव ५ अंकसहित सिनचन बस्नेत प्रथम र ३ दशमलव ५ अंकसहित कृष अधिकारी दोस्रो बने । उनीहरुले क्रमशः ४ हजार र ३ हजार रुपैयाँ पाए ।

१४ वर्षमुनीतर्फ ४ दशमलव ५ अंकसहित मिसन दाहाल प्रथम र ४ अंकसहित आयुष तामाङ द्धितीय भए । उनीहरुले क्रमशः ४ हजार र ३ हजार रुपैयाँ पाए ।

१६ वर्षमुनी छात्रतर्फ ५ दशमलव ५ अंकसहित युवराज पौडेल प्रथम र ५ अंकसहित आशिष पाण्डे दोस्रो भए । उनीहरुले क्रमशः ४ हजार र ३ हजार रुपैयाँ पाए ।

छात्रातर्फ ५ अंकसहित अनिषा न्यौपाने प्रथम र ४ दशमलव ५ अंकसहित कृपा अधिकारी दोस्रो बनिन् । उनीहरुले क्रमशः ४ हजार र ३ हजार रुपैयाँ पाए ।

वेष्ट महिलातर्फ ५ अंकसहित राधिका सुब्बा प्रथम र ४ अंकसहित पुनम प्रसाईं दोस्रो भए । उनीहरु क्रमशः ४ हजार र ३ हजार रुपैयाँ पाए ।

मेचीनगर उत्कृष्ट खेलाडीतर्फ ४ दशमलव ५ अंकसहित भरत तामाङ प्रथम र ४ दशमलव ५ अंकसहित सुरेन्द्र केरुङ द्धितीय बने । उनीहरुले क्रमशः ३ हजार र २ हजार रुपैयाँ पाए ।

झापा उत्कृष्ट खेलाडीतर्फ ४ दशमलव ५ अंकसहित रामशंकर राई प्रथम र ४ दशमलव ५ अंकसहित विक्रम सिंघक दोस्रो बने । उनीहरुले क्रमशः ४ हजार र ३ हजार रुपैयाँ पाए ।

एक नम्बर प्रदेश उत्कृष्ट खेलाडीतर्फ ६ अंकसहित इन्द्रप्रसाद सिग्देल प्रथम र ५ दशमलव ५ अंकसहित विजय मगर द्धितीय बने । उनीहरुले क्रमशः ५ हजार र ४ हजार रुपैयाँ पाए ।

इएलओ १५ सय देखि १६९९ सम्मका उत्कृष्ट खेलाडीमध्ये ६ अंकसहित सुशान्त गौतम प्रथम र ५ दशमलव ५ अंकसहित सुदिप तामाङ दोस्रो भए । उनीहरुले क्रमशः ५ हजार र ४ हजार रुपैयाँ पाए ।

इएलओ १ हजार देखि १४९९ सम्मका उत्कृष्ट खेलाडीहरुमध्ये ५ दशमलव ५ अंकसहित विराज पुडासैनी प्रथम र ५ अंकसहित दिपेश गिरी दोस्रो भए । उनीहरुले क्रमशः ५ हजार र ४ हजार रुपैयाँ पाए ।

उत्कृष्ट अनरेटेड खेलाडीतर्फ ५ दशमलव ५ अंकसहित विकास मैनाली प्रथम र ५ दशमलव ५ अंकसहित राजकुमार बान्तवा दोस्रो भए । उनीहरुले ५ हजार र ४ हजार रुपैयाँ पाए ।

प्रतियोगिताको उदयीमान खेलाडी घोषित ४ अंक प्राप्त गरेका आनन्द साहले ५ हजार रुपैयाँ प्राप्त गरेका छन् । प्रतियोगितामा विजयी खेलाडीहरुलाई बिहीबार आयोजित समापन कार्यक्रममा नगदराशीसहित ट्रफी र प्रमाण पत्र प्रदान गरिएको आयोजक क्लवका महासचिव सन्तोष आचार्यले बताए ।

आयोजक नाइट चेस क्लवका अध्यक्ष कृष्णकान्त खनियाँ, पूर्व अध्यक्ष दिलीप सुवेदी, राष्ट्रिय बुद्धिचाल संघका केन्द्रीय अध्यक्ष एकलाल श्रेष्ठ, मेचीनगर वडा नम्बर ६ का अध्यक्ष ललित तामाङ, प्रतियोगिताका टाइटल स्पन्सरकर्ता अनिता थापा, प्रतियोगिताका चिफ आरविटर विजयकुमार थापा, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य केशवराज पाण्डे, सूर्योदय टेलिभिजनका अध्यक्ष मनोज उप्रेतीलगायतले ट्रफी र प्रमाण पत्र प्राप्त गरेका थिए ।

गत शनिबारदेखि बुधबारसम्म काँकरभिट्टा खानेपानी उपभोक्ता संस्थाको सभा कक्षमा सञ्चालित सो प्रतियोगितामा देशभरबाट चेसका ५० जना रेटेडसहित ९५ जना खेलाडीहरुले प्रतिष्पर्धा गरेका कार्यक्रम संयोजक ओमप्रकाश दाहालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: