राष्ट्रिय परिचयपत्र वितरण चालु आवमै सकिने

  प्रकाशित मिति
२० पुष २०७६, आईतवार १८:३७


भद्रपुर । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग काठमाडौंको आयोजनामा ‘राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी’ आइतबार चन्द्रगढीमा जनप्रतिनिधि र सञ्चारकर्मीहरुसँग अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

झापाका १५ स्थानीय तहका प्रत्येक वडामा राष्ट्रिय परिचय पत्रको विवरण दर्ता र वितरणका लागि टोली पठाउने बारेमा अन्तरक्रिया गरिएको हो । नागरिकता लिएका हरेक नागरिकको सुविधाका लागि जिल्ला प्रशासन कार्यालय झापाले सबै स्थानीय तहहरूमा यही माघको दोस्रो हप्तादेखि टोली खटाउने प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले बताए ।

उनका अनुसार चालु आर्थिक बर्षको साउनदेखि नै झापामा परिचय पत्रको विवरण दर्ता सुरु भए पनि हालसम्ममा ११ हजारले मात्र दर्ता गरेको र एक हजार जनाले परिचय पत्र लिइसकेका छन् । यही आर्थिक बर्षमा झापाबाट परिचय पत्र वितरण कार्य सक्ने गरी काम गर्नका लागि १५ स्थानीय तहका १६४ स्थानमा व्यवस्थापन कक्ष राखेर काम सुरु गरिने प्रजिअ मगरले बताए ।

कार्यक्रममा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग काठमाडौंका निर्देशक चोमेन्द्र न्यौपानेले व्यक्तिगत दर्ता विवरण लिने बारेमा वडाध्यक्षहरुलाई जानकारी गराएका थिए । उनले सरकारी, गैरसरकारी निकाय, बैंकहरू, टेलिकम, व्यावसायिक सेवा प्रदायक संस्थाहरूले प्रयोग गर्ने रजिष्ट्रेसन फारम र फारमहरू डिजिटाइज्ड गर्न यसले मद्दत पुुर्याउनुका साथै दोहोरो सेवा सुविधा लिने, भूmठा विवरण पेस गर्ने, सेवा सुविधाको दुरुपयोग गर्ने जस्ता कार्य नियन्त्रित भई लक्षित वर्ग समुदाय एवम आम नागरिकले राज्य प्रदत्त सुविधाबाट प्रत्यक्ष लाभ लिन सक्ने सरकारको नीति रहेको बताए ।

कार्यक्रममा उनले केन्द्रीय कार्यालयमा हाल दैनिक एक घण्टामा पाँच सयप्रति कार्ड छपाई भइरहेको जानकारी दिँदै त्यसलाई तत्काल बढाएर दुई हजार पुर्याउने तयारी भइरहेको बताए ।

कार्यक्रममा जिल्ला समन्वय समिति झापाका संयोजक सोमनाथ पोर्तेलले यो अभियानलाई सफल पार्नका लागि सबै पालिकाका प्रमुख उपप्रमुख र वडाध्यक्षहरुलाई दत्तचित्त भएर लाग्ने अनुरोध गरे । उनले परिचय पत्रलाई केन्द्रीय पञ्जीकरण विभागमा छापाउने भन्दा पनि छिटो र छरितो सेवा प्रवाहका लागि प्रत्येक जिल्ला प्रशासन कार्यालयबाट नै छपाउने कार्यको थालनी गर्न सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: