राष्ट्रिय बेरोजगार युवाको संस्था स्थापना

  प्रकाशित मिति
२४ पुष २०७२, शुक्रबार ०२:२५


शान्तिनगर, २३ पुस। झापाको शान्तिनगरमा राष्ट्रिय बेरोजगार युवा सरोकार नेपाल नामक संस्था स्थापना भएको छ ।  शान्तिनगर १ स्थित किराँत चौकमा बिहिबार एक कार्यक्रमको आयोजना गरि आफ्नो कार्यलय समेत उद्घाटन गरेको छ । कार्यक्रमका प्रमुख अतिथी नेपाली काग्रेस गाउँ सभापति शेरबहादुर रायाले कार्यालयको उद्घाटन गरेका थिए ।

संस्थाले बेरोजगार न्युनिकरण र लागुपदार्थ तथा दुव्र्यसन बिरुद्ध अभियान सञ्चालन गर्ने लक्ष्य राखेको छ । कार्यक्रममा स्थानिय लक्ष्मी मावो, मानबहादुर मावो, यज्ञराज भट्टराईलगायतले शुभकामना मन्तब्य राखेका थिए । संस्थाका अध्यक्ष फक्तालुङ लिम्बुको सभापतित्वमा सम्पन्न कार्यक्रममा बेरोजगार युवाहरुका निम्ति विभिन्न सीपमुलक तालिम छिट्टै संचालन गर्ने संस्थाका उपाध्यक्ष बालकृष्ण गजमेरले जनाए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: