भद्रपुर । राष्ट्रिय मतदाता अधिकार मञ्च झापाको अध्यक्षमा धर्मराज घिमिरे चयन भएका छन् ।
बुधबार जिल्ला विकास समितिको कार्यालयमा भएको भेलाले घिमिरेको अध्यक्षतमा १५ सदस्यीय जिल्ला कार्य समिति गठन गरको हो ।
आगामी दुई बर्षे कार्यकालको लागि गठन गरिएको समितिको उपाध्यक्षमा रेखा अधिकारी, सचिवमा अम्बिका भण्डारी, कोषाध्यक्षमा रञ्जित परियार रहेका छन् भने सदस्यहरुमा माया पकुवाल, गंगा बराल, उमा कार्की, निता घतानी, ध्रुव कर्नाल, हरिप्रसाद अधिकारी, अम्बिका पोखरेल, दिपक थापा, सोमनाथ पौडेल, विरेन मेचे र प्रेम थापा रहेका छन् ।
जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख गोपाल आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले गठन गरेको समितिले अद्यावधिक निर्वाचनमा भाग लिन पाउने र आफ्ना प्रतिनिधि छान्न पाउने मतदाताको मौलिक अधिकारका पक्षमा पैरवी गर्ने राष्ट्रिय मतदाता अधिकार मञ्च नेपालकी केन्द्रीय उपाध्यक्ष टीका दाहालले बताइन् ।
उनले जनप्रतिनिधिलाई जनताप्रति उत्तरदायी र जवाफदेही बनाउन मञ्चले अभियान सञ्चालन गर्दै लोकतान्त्रिक अभ्यास, मूल्य र प्रणालीलाई नागरिक समाजको अर्थपूण सहभागिताद्वारा सुदृढ बनाउन काम गर्ने बताइन् ।
उनले हालसम्म देशका २१ वटा जिल्लामा समिति गठन गरिएको बताइन् । समितिमा राष्ट्रिय अपाङ्ग महासङ्घ,मानव अधिकारका लागि महिला, एकल महिला समूह, सञ्चारिक समूह, व्रिmयाशील महिला पत्रकार, उद्योग बाणिज्य सङ्घ, अपाङ महिला सङ्घ, नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घलगायतका सङ्घसंस्थामा आवद्ध पदाधिकारीलाई समेटेर समिति गठन गरिएको नवनिर्वाचित अध्यक्ष घिमिरेले बताए ।