राष्ट्रिय योग दिवस मनाइयो

  प्रकाशित मिति
१ माघ २०७७, बिहीबार १२:२५


भद्रपुर १ माघ । झापाको महेशपुरमा “गरौं योग डटेर कोभिड जान्छ हटेर” भन्ने मुल नाराका साथ छैठौ राष्ट्रिय योग दिवस सम्पन्न गरिएको छ ।

जिल्ला प्रशासन कार्यलय झापा तथा आयुर्वेद स्वास्थ्य केन्द्र चन्द्रगढी झापाको संयुत्त आयोजना तथा पतन्जली योग पिठको संयोजनमा विहिवार सम्पन्न कार्यक्रमको समुउद्घाटन प्रमुख अतिथि जिल्ला समन्वयन समिति झापाका प्रमुख सोम पोर्तेलले गरेका थिए ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि पोर्तेलले योग अभ्यासले मानव शरिरका सम्पुर्ण अंगहरु सकृय रहने भएकोले योग गर्न आबश्यक रहेको बताए । उनंले स्वस्च्छ जीवन जिउन दैनिक रुपमा योग गर्न आबश्यक रहेको बताउदै सबैले निरन्तर योग गरेर स्वास्थ्य रहनु पर्नेमा समेत जोड दिए ।

प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिसिनाको अध्यक्षता तथा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र झापाका बैध निरिक्षक मनोज पण्डितको संचालनमा सम्पन्न दिवसमा भद्रपुर नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठ तथा योग प्रशिशिक्षक कैलास डांगीले योग अभ्यासका बारेमा प्रशिक्षण प्रदान गरेका थिए ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका केन्द्र प्रमुख अनिल कुमार यादवले स्वागत मन्तव्य राखेको कार्यक्रममा झापाका ३ वटै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि लगाएतका योग प्रशिक्षक तथा प्रशिक्षार्थीहरुको उल्लेखनीय मात्रामा सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: