विर्तामोड । पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले संविधान कार्यान्वयनका लागि राष्ट्रिय सहमति अपरिहार्य भएको बताएका छन् ।
युवा संघ नेपालको झापा शाखाले संघको २६ औँ स्थापना दिवसको अवसर पारेर विर्तामोडमा शनिबार आयोजना गरेको पुराना कम्युनिस्ट कार्यकर्ताहरुको सम्मान कार्यव्रmममा बोल्दै नेता खनालले त्यस्तो धारणा व्यक्त गरेका हुन् ।
‘कुनै एउटा दलको मात्र बहुमत छैन’, सबै दलहरुलाई राष्ट्रि«य सहमतिमा आउन आह्वान गर्दै उनले भने–‘नेकपा एमाले सहमतिको लागि तयार छ ।’
उनले नेपाली काङ्ग्रेसलाई समेत राष्ट्रिय सहमतिमा आएर संविधान कार्यान्वयनमा इमान्दार बन्न आग्रह गरे ।
कार्यव्रmममा झापा विद्रोह यता २०४६ साल अघि कम्युनिस्ट पार्टीको सदस्यता लिएका नेकपा एमालेका सयौँ नेता तथा कार्यकर्तालाई सम्मान तथा अभिनन्दन गरिएको थियो ।