रास्वपाद्वारा ५ बाहेक चार वटै क्षेत्रमा उम्मेद्वार सिफारिस

  प्रकाशित मिति
१० आश्विन २०७९, सोमबार १९:५०


झापा, १० असोज । राष्ट्रिय स्वतन्त्र पार्टी झापाले प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फ झापाबाट ४ जना उम्मेद्वारको नाम सिफारिस गरेको छ ।
रास्वपा पार्टीको जिल्ला समिति बैठकले १, २, ३ र ४ वटा निर्वाचन क्षेत्रका लागि उम्मेद्वारको नाम केन्द्रमा सिफारिस गरेको हो ।

पार्टीले क्षेत्र नम्बर १ का लागि ओमनाथ भण्डारी, २ का लागि रुद्रप्रसाद गिरी, ३ का लागि प्रकाश पाठक र ४ का लागि शम्भुप्रसाद ढकालको नाम सिफारिस गरेको हो । क्षेत्र नम्बर ५ को उम्मेद्वार भने टुंगो लगाएको छैन ।

समितिले सिफारिस गरेका सबै उम्मेद्वार पार्टीको प्रारम्भीक निर्वाचन प्रक्रियामा सहभागी हुनेछन् । क्षेत्र नम्बर १ बाट सिफारिस भण्डारी धुलाबारीका युवा व्यवसायी हुन । भण्डारीले झापामा स्वतन्त्र अभियानको अगुवाई समेत गरेका थिए ।

२ बाट सिफारिसमा परेका गिरी कृषि तथा पर्यावरण विद हुन् । अर्जुनधारालाई कर्मक्षेत्र बनाएका गिरीले अमेरिकामा अध्ययन गरेर चितवन हुँदै गृह जिल्ला झापा आएका हुन् ।

क्षेत्र नम्बर ३ बाट सिफारिसमा परेका पाठक पूर्व सञ्चारकर्मी हुन् । दमकको पाथिभरा एफएफबाट करियर सुरु गरेका पाठक लामो समय रेडियो कान्तिपुरमा कार्यरत थिए । राजनीतिमा आउनुअघि उनी रबि लामिछानेसंगै ग्यालेक्सी टेलिभिजनमा आवद्व थिए ।

४ बाट सिफारिस भएका ढकाल सरकारी सेवाबाट अवकास पाएर सामाजिक अभियानमा लागेका व्यक्ति हुन् । उनी लेखकका रुपमा शम्भु सुस्केराको नामले परिचित छन् ।

झापाबाट प्रत्यक्षमा २४ जनाले नाम दर्ता गराएका थिए । जिल्ला समितिले सिफारिस गरेपनि असोज १० देखि हुने छनोट प्रक्रियामा सबै जना सहभागी हुनुपर्नेछ । प्रारम्भीक निर्वाचन लगत्तै उम्मेद्वारको अन्तिम टुंगो लाग्ने पार्टीका झापा सभापति उमेश खरेलले जानकारी दिए ।

पार्टीको समानुपातिक तर्फको बन्द सुचीमा झापाबाट ४ जना परेका छन् । उनीहरु प्रारम्भीक निर्वाचनमा सहभागी भएर एकसय १० जनाको सुचीमा परेका हुन् । सुचीमा ईन्दिरा राना मगर, निशा डाँगी, रुपा लावती र मनोज राजवंशी छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: