राहतमा जुटौं

  प्रकाशित मिति
३१ श्रावण २०७४, मंगलवार २१:०२


ambika

यतिबेला सामाजिक सञ्जाल फेसबुकका वालहरु प्रायः दया मायाको भावले भरिपूर्ण देखिएका छन् । भर्खरै आएको अविरल बर्षाका कारण मृत्युवरण गर्ने परिवार र विस्थापितहरुप्रति बडो सदासयता देखाएर यसपालीको तीज खर्च कटाएर राहतमा जुटौं भन्ने सन्देश प्रवाह गरिरहेका छन् । यो सकारात्मक सोचको सबैले सलाम गरौं । तर, यति विध्न तीजप्रति लक्षित गरी किन हाम्रा दाजुभाईहरुका लेखले फेसबुकका वाल भरिन्छन् । यो सोचनीय विषय हो । नेपाली नारीहरुको महान चाड तीज बर्षमा एकपटक आउँछ । नेपाली नारीहरु सामूहिक रुपमा भेला हुने र नेतृत्व तथा व्यक्तित्व विकासको झलक दिने गरी तीजका कार्यक्रम मनाउन थालिएको धेरै भएको छैन । विगत केही बर्षदेखि मात्र यस्ता कार्यक्रम गर्न थालिएको हो । ती बिचमा तीजमा तडकभडक हुने खालका कार्यक्रम पनि नभएका होइनन् । तर, तीजलाई भड्किलो बनाउनु हुँदैन भन्ने सबैको सल्लाहलाई शिरोपर गर्दै पछिल्लो समय महिलाहरुले अनाथ तथा बृद्धाश्रममा गएर तीज मनाएको खबरहरु पनि छन् ।

दाजुभाईहरु तपाइहरुले दिनुभएको सुझाव सल्लाह सलामयोग्य छन् । तर नेपाली नारीहरुको चेतनास्तर निक्कै माथि पुगेको छ । उनीहरु समय र परिस्थिति अनुसार आफूलाई ढाल्न सक्ने भएका छन् । १५ दिन अघिदेखि तयार गरिएका कार्यक्रमहरु स्थगित गरेर उनीहरु बाढी प्रभावित क्षेत्रका विस्थापित परिवार र शोकाकूल परिवारको घरघरमा पुगेका छन् । तिजका लागि छुट्याइएका बजेटहरुमा थप गरी उनीहरु राहत सामाग्री बाँडदैछन् । आफूमा परेको विपत सम्झेर गर्भवती र सुत्केरी महिलाका लागि चाहिने लत्ता कपडा र पोषिला खानेकुरा जुटाउन महिलाहरु तल्लिन देखिन्छन् । यस्तो अवस्थामा हाम्रा दाजु भाईंहरुको साँझ पख होटल र रेष्टुरन्ेट धाउने काम कम हुन सकेको छैन । त्यहाँ बर्षाैदेखि गरिँदै आएको खर्च कटाएर त्यो प्रभावित क्षेत्रमा पुर्याउने सोचमा कमी देखिएको छ । होटल र रेष्टुरेन्ट धाउनै पर्ने बाध्यता सायद दाजुभाईहरुलाई नहोला । त्यसैले जसरी नेपाली नारीहरुलाई तीज खर्च कटाएर राहतमा जुट्न आव्हान गर्दैै हुनुहुन्छ त्यसरी नै तपाईहरु पनि साँझको औपचारिक खर्च कटाएर मानवीय कार्यमा जुट्ने भए प्रभावित क्षेत्रका बाढी पीडितहरुलाई राहात पुग्ने थियो कि ?

चाडबाड नजिकै जाँदा झापा मात्र होइन सिंगो देश शोकमा डुबेको छ । बच्चादेखि बृद्धबृद्धासम्मको ध्यान त्यही प्रभावित क्षेत्रमा केन्द्रित छ । कयौंको बाँस बस्ने झुपडी बगाएको छ त कयौंको डुवानमा परेको छ । स्कूल तथा सार्वजनिक भवनका चिसो भईमा ती बृद्ध आमा बुबाहरु र बालबालिका तथा सुत्केरी र गर्भवती महिलाको विवशता हेर्न सक्ने अवस्था छैन । बाढीले चुँडेर लगेको आफ्नो परिवारको सदस्यको काज किरियामा बस्ने स्थान र खर्चको अभावमा झापाका ११ परिवार भौतारिरहेका छन् । यस्तो बेलामा हामीले एक छाक मात्र कटाएर सहयोग गर्नु सक्नु हो भने पनि ठूलै राहत नपुगे पनि आहत पुग्न सक्छ । त्यसैले यहाँहरु सबैलाई अपील छ कम्तीमा तपाईहरुले कतै कुनै संघसंस्थामा चुनाव जितेको नाममा पार्टी दिने त कतै यसो भेट गरौं बेलुका भनेर साथी भाईलाई साँझको औपचारिक कार्यक्रममा होटल रेष्टरेन्टमा निम्तो दिने काम बन्द गरेर तन मन र धनले बाढी पीडितको घाउमा मलम पट्टी लगाउन जुटौं ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: