राहत पाउनेको विवरण फेसबुकमा

  प्रकाशित मिति
२३ चैत्र २०७६, आईतवार १७:५६


मेचीनगर । मेचीनगर–६ काँकरभिट्टामा रहेको देवकोटा पार्क व्यवस्थापन समितिले लकडाउनका कारण भोकले छटपटिएका विपन्न परिवारलाई दिएको राहत र पाउनेको विवरण सार्वजनिक गरेको छ ।

समितिका सचिव फडिन्द्र घिमिरेले राहत वितरण कार्य पारदर्शी होस् भनेर विवरण फेसबुकबाट सार्वजनिक गरिएको बताए ।

सरकारले लकडाउन बढाउँदै लगेपछि खाने अन्नपानीको अभावमा छटपटाउन थालेका विपन्न परिवारलाई अरु सामाजिक संस्थाहरुले पनि आफ्नै पहलमा राहत सामग्री वितरण गरिरहेका छन् । तर सबैले वितरण सार्जजनिक गरेका छैनन् ।

समितिले चैत २२ र २३ गते १०१ परिवारलाई राहत बाँडेको थियो । राहत पाउनेको पेशा, नामावली र त्यसको स्रोत समेत समितिले मेचीनगर नगरपालिका, इलाका प्रहरी कार्यालय र वडा कार्यालयलाई उपलब्ध गराइने जनाएको छ ।

समितिले मेचीनगर ६, ७, ८ र ९ का सिटी चालक, दुर्घटनाका घाइते, बगानका मजदुर, गिटी चाल्ने मजदुरलगायतलाई राहत बाँडेको जनाएको छ ।

वितरण गरिएको राहत सामानमा ७५० केजी चामल, ८० केजी दाल, ८० केजी खानेतेल र १२० केजी नुन रहेको छ ।

समितिकै सदस्यहरुबाट राहत सामान सङ्कलन गरिएको र बाहिर चन्दा माग्न नगएको सचिव घिमिरेले जानकारी दिए । राहत बाँड्नका लागि स्थानीय पुण्यप्रसाद उप्रेतीले ढुवानीको साधन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: