राहत र अवस्थाबारे सांसदको अनुगमन

  प्रकाशित मिति
२८ चैत्र २०७६, शुक्रबार २३:१६


मेचीनगर । झापा निर्वाचन क्षेत्र १ अन्तरगत प्रदेश सभा सदस्य श्री प्रसाद मैनालीले आफ्नो क्षेत्रका जनताको अवस्थाको जानकारी तथा राहत वितरण प्रक्रियाको अनुगमन गरेका छन् ।

विहिवार र शुक्रवार दुई दिन प्रदेश सभा सदस्य मैनालीले आफ्नो क्षेत्रमा पर्ने दुई स्थानीय तहका ११ वटा वडामा पुगेर अवस्थाका बारेमा जानकारी लिएका हुन् ।

चैत ११ गतेबाट सुरु भएको लकडाउनका कारण अति विपन्न, गरीब तथा असहाय मजदुरहरुलाई खाद्य संकट आउन सक्ने देखिए पछि केन्द्र, प्रदेश र स्थानीय सरकारले राहत वितरणको गर्न थालेका छन् ।

यसै क्रममा मेचीनगरले पनि वडाहरु मार्फत पहिलो चरणमा ३ हजार घर परिवारलाई राहत बाडेको थियो । तर, यो संख्या बढेर एउटै वडामा हजार भन्दा बढि राहत वितरण गर्नु पर्ने अवस्था आएको वडा नम्बर ६ का वडाध्यक्ष ललितबहादुर तामाङले बताए ।

नगरले वडाको घर धुरीलाई आधार बनाएर पहिलो चरणमा १० प्रतिशतले संख्या निर्धारण गरी वितरण गर्न राहत उपलब्ध गराएको थियो । पछि वडाहरुले स्थानीय स्तरमा सहयोग जुटाएर थप विपन्न परिवारहरुलाई राहत वितरण गरिहेको अवस्थामा प्रदेश सदस्यले अनुगमन तथा निरीक्षण गरेका हुन् ।

विपतका बेला वडाको कार्यमा सहयोग पुग्ने गरी सांसदहरु आउँदा स्थानीय जनप्रतिनिधिहरुलाई हौसला प्रदान हुने मेचीनगर–१ का वडाध्यक्ष पासाङ तामाङले बताए ।

अनुगमनका क्रममा अधिकांश जनप्रतिनिधि र सर्वसाधारणले लकडाउनका बेला खाद्य संकटबाट जनतालाई बचाउन आग्रह गरेको र जनता बाचे विकासे काम त्यस पछि गर्न सकिने सुझाव प्राप्त भएको सांसद मैनालीले बताए ।

जनतालाई संकट परेका बेला उनीहरुको अवस्थ बुझ्ने र सकटमा साथ दिने काम जनप्रतिनिधिहरुको पहिलो कार्य भएको बताउँदै साँसद मैनालीले भने–‘जनताले सधै जनप्रतिनिधि खोज्दैनन् यस्तो बेला उनीलाई साथ दिनु हाम्रो कर्तव्य हो ।’

मैनालीले यो अवस्था लम्बिन सक्ने भएकाले सबै स्थानीय तहले खाद्य सामग्री जोह गर्नु पर्ने बताए । राहत वितरणमा सबैलाई सहयोग गर्न र वास्तविक समस्यामा परेकाहरुलाई वितरण गर्न सांसद मैनालीले आग्रह गरे ।

राहत वितरणलाई एकद्वार नीति अन्तरगत पारदर्शी र प्रभावकारी बनाउन पनि सांसद मैनालीले आग्रह गरे ।

मेचीनगर नगरपालिका अन्तरगतका वडा नम्बर १ देखि ८ सम्म र वडा नम्बर १० र १५ गरी १० वटा वडा र भद्रपुर नगरपालिकाको वडा नम्बर ९ गरी ११ वटै वडाको वडा कार्यालयमा पुगेर गरीब तथा विपन्नहरुको विवरण र राहत वितरणको अवस्थाबारे सांसदको टोलीले जानकारी लिएको नेकपा जिल्ला कमिटी सदस्य डिल्लीराम घिमिरेले बताए ।

घिमिरेका अनुसार पहिलो दिन प्रतिनिधि सभा सदस्य राम कार्की, प्रदेश सभा सदस्य गोपालचन्द्र बुढाथोकी सहितको टोलीले अनुगमन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: