अर्जुनधारा । सामाजिक संघसंस्थाबाट संकलन गरिएको राहत सामग्री अर्जुनधारा–११ का अति विपन्न परिवारलाई वितरणका लागि वडा अध्यक्ष भैरवबहादुर खडकालाई हस्तान्तरण गरिएको छ ।
सामाजिक अभियन्ता गणेश ढुंगानाद्वारा विभिन्न सहयोगी दाताहरु बिर्तामोडका व्यवसायी असोक धानुका, गणेश खनाल, दिपक बाँस्कोटा अर्जुनधाराका लाइफ इन्स्योरेन्स अभिकर्ता सुनिता धिमाल, बुट्टाबारी व्यवसायी संघका अध्यक्ष डिल्ली चापागाईं, बुद्धशान्ती गाँउपालिकाका गोपाल अधिकारीबाट संकलित चामल ३ सय ६० केजी, दाल ३४ केजी, नुन ३४ पोका र खानेतेल ३४ पोका वडा अध्यक्ष खड्कालाई हस्तान्तरण गरिएको हो ।
त्यस्तै, टोल सुरक्षामा खटिने युवाहरुलाई लगाउने दस हजार बराबरको २५ थान राति टल्कने जर्सी एकद्वार वितरण प्रणाली अनुसार वडा अध्यक्ष खड्कालाई नै हस्तान्तरण गरिएको अभियानका संयोजक जगतबहादुर मगरले बताए ।
कार्यक्रममा समाजसेवी गंगा रिमाल, टोल विकास समितिका संयोजक भानुप्रसाद चापागाईं, चन्द्र सुवेदी, कर्मचारी मोहन ओली, टेकेन्द्र भट्टराई लगायतको उपस्थित रहेको सञ्चारकर्मी रञ्जित परियारले जानकारी दिए ।