रिक्सा चालकको हत्या

  प्रकाशित मिति
२६ बैशाख २०७३, आईतवार ०७:३५


criminal-charges

झापा । मेचीनगरमा शनिबार राति रिक्सा चालक डिल्लीराम दाहालको हत्या प्रहरीले जनाएको छ ।

दुहागढी–७ हाडखोला निवासी ३२ बर्षीय दाहालको मेचीननगर–२ का २८ बर्षीय विवेक चौधरीले ढुंगाले हानेर हत्या गरेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी निरीक्षक श्यामकृष्ण अधिकारीले बताए ।

मादक पदार्थ सेवन गरेर दाहालकै रिक्सामा सवार चौधरीले सामान्य विवाद हुँदा ढुंगाले हानेर हत्या गरेको अनुसन्धानमा खुलेको प्रहरी निरीक्षक अधिकारीको भनाई छ ।

अभियुक्त चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखेको छ । चौधरीलाई कर्तव्य ज्यान मुद्दा चलाइने प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: