मेचीनगर कांग्रेसको यस्तो छ संकल्प

  प्रकाशित मिति
८ असार २०७४, बिहीबार २१:४४


8088220809272757666-account_id=1 (1)

मेचीनगर । असार १४ गते हुने स्थानीय तह निर्वाचनका लागि नेपाली काङ्ग्रेस मेचीनगरले विहीवार एक कार्यक्रमको आयोजना गरी नगर स्तरीय चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

काङ्ग्रेसले संकल्प पत्र नाम दिएको १६ पृष्ठ लामो घोषणापत्रमा नगरको बाहिरी भाग र छिमेकी गाउँपालिका समेतलाई जोडेर रिङरोड र नगरभित्रका विभिन्न बजारहरुलाई स्मार्ट सहर बनाउने उल्लेख गरेको छ ।

काङ्ग्रेको संकल्प पत्रमा मेचीनगरको बाहुनडाँगी–काँकरभिट्टा–सतिघट्टा–गोमनसरी–विचार्नी–दुवागढी–धाइजन र बुद्धशान्ति गाउँपालिकाको बुधबारे–शान्तिनगरलाई जोड्ने गरी रिङरोड बनाउने उल्लेख गरिएको छ ।

त्यस्तै, नगर क्षेत्रमा कृषिको आधुनिकीकरण गरी नगर क्षेत्रलाई अग्र्यानिक उत्पादनमा जोड दिने संकल्प पत्रमा उल्लेख गरिएको छ । मेचीनगरका मुख्य बजार क्षेत्रहरु काँकरभिट्टा, इटाभट्टा, धुलावारी, बाहुनडाँगी र चारआलीलाई व्यवस्थित गरी स्मार्ट सहरको रुपमा विकास गर्ने काङ्ग्रेसले घोषणापत्रमा उल्लेख गरेको छ ।

तपाईको सपनाः काङ्ग्रेसको संकल्प ‘भ्रष्टाचारमुक्त, सदाचारमुक्त समुन्नत मेचीनगर’ भन्ने मुल नाराकासाथ जारी गरिएको संकल्प पत्रमा मेचीनगरको प्रशासन पूर्णरुपमा भ्रष्टाचारमुक्त राख्ने प्रतिबद्धता समेत काङ्ग्रेसले गरेको छ ।

यस्तै, काङ्ग्रेसले नगर क्षेत्रमा समान शिक्षाका लागि सामुदायिक विद्यालयको स्तरोन्नति गर्ने, प्राविधिक शिक्षाको व्यवस्था, आधुनिक पुस्तकालय र सामुदायिक सिकाइ केन्द्रको स्थापनालगायतका विषय पनि समावेश गरिएको छ । साथै, स्वास्थ्यमा सबैको पहुँच पुर्याउन सरकारले सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन मेची स्वास्थ्य बीमा नाम दिएर अघि बढाइने उल्लेख पनि गरिएको छ ।

मेचीनगर क्षेत्रमा कृषि तथा पशुजन्य उद्योगको स्थापना र कृषकहरुको क्षमता विस्तारका लागि सुलभ ऋणको व्यवस्था, ग्रामीण बचत तथा परिचालन तथा कर्जा प्रवाहमा सहकारी संस्थाहरुको भूमिकामा वृद्धि, नगरपालिकाका सवै वडाहरुमा वित्तीय सेवाको पहँुच पुर्याउन ठुला तथा मझौला बैङ्कहरुको विस्तार, ऐतिहासिक धार्मिक सांस्कृतिक, प्राकृतिक आकर्षणका स्रोत र सम्पदालाई आर्थिक आर्जनको आधार बनाइने कुरा काङ्ग्रेसले संकल्प पत्रमा समावेश गरेको छ ।

संकल्प पत्रमा सहरी क्षेत्रमा खानेपानी, ढल, बिजुली र आवास लगायतका कुराहरु पनि समावेश गरिएको छ  । पर्यटकीय सम्भावना बोकेका स्थानहरुलाई पर्यटकीय क्षेत्रकोरुपमा विकास गर्ने, बाहुनडाँगी, काँकरभिट्टा लगायतका स्थानलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरिने तथा मेचीनगरभित्र रहेका स्वास्थ्य संस्थाहरुलाई आधुनिक र सुविधा सम्पन्न बनाउने समेत काङ्ग्रेसको संकल्प पत्रमा उल्लेख छ ।

आगामी ५ वर्षभित्रमा नगरका सवै वडाहरुलाई पक्की सडक मार्गले जोड्ने, मेचीनगर १५ को मेचीपारीको नेपाल भनेर चिनिने ग्वाला बस्ती जाने बाटो, मेची नदीमा झोलुङ्गे पुल बनाउन पहल गरिने कुरा पनि समावेश गरिएको छ । काङ्ग्रेसको संकल्प पत्रमा मेची, निन्दा नदी, टिमाई खोला, हँडिया खोलालगायतमा निर्माण भएका सिँचाई पूर्वाधारलाई मर्मत सम्भार गर्नेदेखि सञ्चार क्षेत्रको विकासका कुरा उठाइएको छ ।

काङ्ग्रेसले सार्वजनिक गरेको संकल्पपत्रमा बाहुनडाँगीमा सिद्धि खोलाबाट १० मेघावाट विद्युत उत्पादन गर्ने र त्यसको शेयर मेचीनगरबासीलाई वितरण गर्ने समेत योजना उल्लेख गरेको छ । नेपाली काङ्ग्रेसको वडा नं.१० को प्रचार कार्यालय धुलावारीमा एक कार्यक्रम आयोजना गरी केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले संकल्प पत्र सार्वजनिक गरेका हुन् ।

(पढ्नुहोस् संकल्प पत्रको पूर्ण विवरण..NC Mechinagar sankalpa patra final – Copy…..)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: