रुबिना भारतको केआई स्पोर्ट्सको प्रायोजन

  प्रकाशित मिति
१९ भाद्र २०७८, शनिबार १६:२२


मेचीनगर, १९ भदौ । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान रुबिना क्षेत्री बेलबासेलाई भारतीय उत्पादन कम्पनी खेले भारत (केआई) स्पोर्ट्सले एक वर्षको लागि प्रायोजन गरेको छ ।
सम्झौता अनुसार रुबिनालाई एक वर्ष आवश्यक पर्ने सम्पूर्ण क्रिकेट सामग्री उक्त कम्पनीले उपलब्ध गराउनेछ ।

रुबिनाले प्रायोजन मार्फत उक्त कम्पनीको प्रचार प्रसारमा सहयोग पुर्याउने छिन् । रुबिनालाई नेपाली स्पोर्ट्स व्यवस्थापन कम्पनी लेविन स्पोर्ट्सले प्रायोजनको व्यवस्था मिलाइदिएको हो ।

रुबिनाले सन् २०१२ देखि नेपाली महिला क्रिकेट टोलीको नेतृत्व गर्दै आएकी छिन् । नेपाली महिला क्रिकेटकी सर्वाधिक सफल खेलाडी मानिने रुबिनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दुबै प्रतियोगितामा सानदार प्रदर्शन गर्दै आएकी छिन् ।

गत पुसमा दाङको लमहीमा भएको प्रधानमन्त्री कप महिला टि–२० प्रतियोगितामा विभागीय टोली एपिएफलाई पराजित गर्दै प्रदेश–१ लाई उपाधि जिताउन उनको योगदान महत्वपूर्ण रहेको थियो ।

मेचीनगर–६ काँकरभिट्टाकी उनी चैतमा काठमाडौँमा भएको ललितपुर मेयर महिला च्याम्पियनसिपमा सर्वोत्कृष्ट खेलाडी चुनिएकी थिइन् । नेपाली महिला टोलीले अब नोभेम्बरमा मलेसियामा हुने टि–२० एसिया कप छनोटको लागि तयारी गर्दैछ ।

(हाम्रो खेलकुदबाट)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: