रेखा अधिकारीलाई ‘आमा सम्मान’

  प्रकाशित मिति
१ कार्तिक २०७५, बिहीबार १७:२२


अर्जुनधारा । अम्बिका प्रतिष्ठान झापाले यस वर्षको आमा सम्मान भद्रपुर निवासी रेखा अधिकारीलाई प्रदान गरिएको छ ।

वरिष्ठ साहित्यकार तथा समालोचक कृष्ण धरावासी तथा पत्रकार तथा साहित्यकार कुमार भट्टराईकी ममतामयी आमा अम्बिकादेवी भट्टराईको स्मृतिमा हरेक वर्ष प्रदान गर्दै आइरहेको आमा सम्मान यस वर्ष रेखा अधिकारीलाई गरिएको हो ।

हरेक वर्ष बडादशैँको अष्ठमी तिथिका दिन गरिने आमा सम्मान यस वर्ष असोज ३१ गते बुधबारका दिन शनिश्चरे बजारको सामुदायिक भवनमा आयोजित कार्यक्रम बीच माता अधिकारीलाई प्रदान गरिएको संस्थाका अध्यक्ष कुमार भट्टराई बताए ।

श्रीमानको सहयोग बेगर वा वियोगमा आर्थिक अभावका बावजुत आफ्ना नाबालक सन्तानलाई एकल प्रयासबाट सङ्घर्ष गर्दै हुर्काइ बढाई समाजमा स्थापित गराउन सफल ६० वर्ष उमेर पुगेकी आमालाई यो सम्मान प्रदान गरिने भएको प्रतिष्ठानले जनाएको छ ।

तेत्तीस वर्षकै उमेरमा नै पति चन्द्रकुमार अधिकारीलाई गुमाउन पुगेकी अधिकारी त्यस पश्चात लोकसेवाको परीक्षा दिएर परिवार नियोजन तथा मातृ शिशु कार्यालयमा जागिर खाँदै आफ्ना नाबालक सन्तानहरु ईश्वर र विशाललाई हुकाई समाजमा स्थापित गराउन सफल भएकी हुन् ।

उनका जेष्ठ सुपुत्र ईश्वर अधिकारी पत्रकार महासङ्घ झापाका कोषाध्यक्ष तथा सक्रिय पत्रकारका रुपमा स्थापित छन् भने कान्छा छोरा विशाल खानेपानी तथा सरसफाइ उपभोक्ता समिति चन्द्रगढीको कार्यालय प्रमुख छन् ।

सम्मान कार्यक्रममा नगद ११ हजार रुपैयाँ सहित दोसल्ला र सम्मान–पत्रद्वारा सम्मान गरिएको छ ।

…………..

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: