रेडक्रस अध्यक्ष ढकाललाई मातृशोक

  प्रकाशित मिति
३१ श्रावण २०७९, मंगलवार ०८:२२


मेचीनगर, ३१ साउन । नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष एवम् नेपाल पत्रकार महासंघ झापाका पूर्व सचिव लोकराज ढकाललाई मातृशोक परेको छ ।

ढकालकी ममतामयी माता ७६ वर्षीया लक्ष्मीदेवी ढकालको साउन २९ गते अपरान्ह निजी निवास मेचीनगर–१४ दुहागढीमा निधन भएको हो ।

स्व. लक्ष्मीदेवीका दुई छोरा लोकराज र होमराज ढकाल छन् भने तीन छोरीहरु होमादेवी दुलाल, पदमादेवी उप्रेती र बिन्दु रिजाल छन् ।

जेठो छोरा लोकराज रेडक्रसकमी तथा पत्रकार हुन् भने कान्छो छोरा होमराज ढकाल बलभद्र माध्यमिक विद्यालयका शिक्षक रहेका छन् ।

सोमवार शवयात्रासहित कनकाई आर्यघाटमा स्व. लक्ष्मीदेवीको अन्तिम संस्कार गरिएको थियो । कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेल, प्रमुख जिल्ला अधिकारी छवि रिजाल, नेपाली कांग्रेस झापाका सभापति देउमान थेबे लगायतले आर्यघाटमा स्व. लक्ष्मीदेवीप्रति अन्तिम श्रद्धाञ्जलि अर्पण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: