रेडियो तालिम शुरु ।

  प्रकाशित मिति
१७ जेष्ठ २०७३, सोमबार ०४:०५


talim
धुलाबारी । नीलगिरी युवा क्लब मेचीनगरको आयोजनामा रेडियो कार्यव्रmम उत्पादन तथा उद्घोषण तालिम आइतबारदेखि शुरु भएको छ । मेची उद्योग वाणिज्य सङ्घको सभा हलमा शुरु भएको उक्त तालिमको उद्घाटन नागरिक एफएम भद्रपुरका प्रबन्ध निर्देशक चिन्तामणि दाहालले गरेका थिए ।

नीलगिरी युवा क्लबका अध्यक्ष ज्ञानेन्द्र निरौलाको सभापतित्वमा सम्पन्न तालिम उद्घाटन कार्यव्रmममा प्रमुख अतिथि दाहालले दक्ष रेडियोकर्मी बन्न सक्ने हो भने रेडियोमा काम गरेर जीवन चलाउन सकिने अवस्था रहेको बताए ।

कार्यव्रmममा धुलाबरी क्याम्पसका प्रमुख पुष्पराज पौडेल, नीलगिरी युवा क्लबका संस्थापक अध्यक्ष महेन्द्र बिलास लुईटेल, पूर्व अध्यक्ष लीलाप्रसाद भण्डारीले शुभकामना मन्तब्य राखेका थिए । अध्यक्ष निरौलाले कार्यव्रmमको औचित्यमाथि प्रकाश पारेको कार्यव्रmममा क्लबका पूर्व अध्यक्ष केशब पोखरेलले स्वागत मन्तब्य राखेका थिए भने कोषाध्यक्ष सिला सापकोटाले सञ्चालन गरेकी थिइन् ।

तालिममा ४५ जना सहभागी रहेका छन् । ज्ञानेन्द्र निरौला, लिला अनमोल, शुष्मा राजबंशीलगायतले सहजीकरण गर्ने नीलगिरी युवा क्लबले जनाएको छ । तालिम आगामी जेठ २१ सम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: