रेडियो दिवसमा सञ्चारकर्मीसहित पाँच सम्मानित

  प्रकाशित मिति
१ फाल्गुन २०७२, शनिबार १२:२२


sammanविर्तामोड, १ फागुन । उपप्रधान, परराष्ट्र, संघीय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापाले राजनीतिक खिचातानीमा नअल्मलिन नेपाली सञ्चार जगतलाई आग्रह गरेका छन् ।

पाँचौ विश्व रेडियो दिवसका उपलक्ष्यमा शनिबार विर्तामोडमा ब्रोडकास्टिङ एशोसिएसन अफ नेपाल (बान)ले आयोजना गरेको विशेष कार्यव्रmममा बोल्दै उपप्रधानमन्त्री थापाले त्यस्तो आग्रह गरेका हुन् ।

कार्यव्रmममा वानले तीन जना सञ्चारकर्मीसहित पाँच जनालाई सम्मान गरेको छ ।

विर्तामोडमा अयोजित रेडियो दिवस कार्यव्रmममा झापाको कञ्चनजंघा एफएमका प्रबन्ध निर्देशक चन्द्र भण्डारी, इलामको रेडियो फिक्कलका सञ्चालक गणेश रसिक, मोरङको कोशी एफएमका सञ्चालक चैतन्य सापकोटा, झापाकी शिक्षासेवी चित्रकला ओली र झापाकै विर्तामोड नगरपालिकाका प्रशासकीय प्रमुख मेघराज बाँस्तोला सम्मानित भएका छन् ।

कार्यव्रmममा बानका अध्यक्ष गोपाल झा, राप्रपा नेपालका महामन्त्री राजेन्द्र लिङ्देन लगायतका विशिष्ट अतिथिहरुको उपस्थिति रहेको थियो ।

बानमा आवद्ध देशैभरका रेडियोकर्मीले आज झापामा कार्यव्रmमवीच विश्व रेडियो दिवस मनाएको बानका उपाध्यक्ष कुमार भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: