रेडियो साथीको तालिम शुरु

  प्रकाशित मिति
५ श्रावण २०७५, शनिबार १७:४४


काँकरभिट्टा । काँकरभिट्टाबाट प्रसारणमा आउन लागेको रेडियो साथी ९८.६ मेगाहर्जको आयोजनामा ७ दिवसीय रेडियो कार्यक्रम उत्पादन तथा प्रस्तुतीकरण तालिम आइतबारदेखि सुरु भएको छ ।

रेडियो साथीका लागि आवश्यक जनशक्ति उत्पादन गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको रेडियोका कार्यकारी निर्देशक ज्ञानेन्द्र निरौलाले बताए ।

रेडियो साथीका अध्यक्ष पुनम प्रधानको सभापतित्वमा सम्पन्न तालिमको उद्घाटन समारोहमा प्रमुख अतिथि मेचीनगर वडा नंं. ६ का अध्यक्ष ललित तामाङ्गले स्थानीयस्तरका बिकासको साझेदारका रुपमा रेडियोको प्रसारणलाई केन्द्रीत गर्न रेडियो ब्यवस्थापन पक्षलाई सुझाव दिनु भएको थियो ।

समाजमा सकारात्मक सोचको बिकास गराई समृद्ध समाज निर्माण गर्न सुचना नै बिश्वासिलो र स्थानीयहरुलाई जोड्ने हुनु पर्ने भएकाले नै काकरभिट्टामा रेडियोको स्थापना गरिएको रेडियोका अध्यक्ष प्रधानले बताइन् ।

कार्यक्रममा बोल्दै लोकतन्त्र पोष्ट दैनिकका सम्पादक मोहन काजीले नेपालकै पूर्वी प्रवेशद्वारका रुपमा रहेको काँकरभिट्टामा बिश्वसनीय सञ्चार माध्यमका रुपमा रेडियो साथी स्थापित हुनेमा आफू ढुक्क रहेको बताए ।

काँकरभिट्टास्थित मेची नेत्रालयको सभा कक्षमा शुरु भएको तालिमको उदघाटन समारोहमा रेडियोका सदस्य नवराज प्रधानले स्वागत मन्तब्य व्यक्त गरेका थिए । रेडियोका कार्यकारी निर्देशक निरौलाले कार्यक्रम सञ्चालन गरेका थिए ।

साउन ११ गतेसम्म चल्ने तालिममा २५ जना सहभागी छन् भने तालिममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष धर्मेन्द्र झा, महासंघका पूर्व केन्द्रीय सदस्य मोहन काजी, प्राध्यापक दामोदर ढुंगेल, रेडियो साथीका कार्यकारी निर्देशक ज्ञानेन्द्र निरौला, भारतको रेडियो मिस्टिका चर्चित राजे डिटि, जी आर धिताल लगायतले सहजीकरण गर्ने रेडियोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: