काँकरभिट्टा । झापाको कान्छो एफएमको रुपमा ‘रेडियो साथी’ आगामी भदौ १ गते प्रशारण हुने भएको छ ।
९८.६ मेगाहर्जमा ट्युनिङ हुने अनुमति पाएको ५ सय वाट क्षमताको सो एफएमको स्टुडियो, टावर र अन्य तयारी धमाधम भइरहेको रेडियोका कार्यकारी प्रमुख ज्ञानेन्द्र निरौलाले जानकारी दिएका छन् ।
काँकरभिट्टाको बर्मेली टोलमा स्टेशन रहने रेडियो साथीको जनशक्ति निर्माणका लागि आयोजना भएको तालिम शुक्रवार सम्पन्न भएको छ ।
मेची नेत्रालयको सभा हलमा भएको सात दिवसीय रेडियो पत्रकारिता सम्बन्धी तालिममा २५ जना सहभागी छन् ।
शुक्रवार तालिमको समापन अवसरका प्रवुद्ध व्यक्तिहरुको उपस्थितिमा विशेष कार्यक्रमको आयोजना गरिएको थियो ।
प्रमुख अतिथि प्रदेश सांसद श्रीप्रसाद मैनालीले सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै जनताको जीवनस्तर उकास्न, मुलुकमा आर्थिक समृद्धि ल्याउन र जनचेतना जगाउन ग्रामीण पत्रकारिताको खाँचो रहेको धारणा व्यक्त गरेका थिए ।
रेडियो साथीका अध्यक्ष पुनम प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा विशेष अतिथि नेपाल पत्रकार महासङ्घककी कोषाध्यक्ष अम्बिका भण्डारी र धुलावारी क्याम्पसका प्रमुख पुष्प पौडलले तालिमका सहभागीहरुको हौसला बढाउँदै शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।
सो अवसरमा पत्रकार महासङ्घका जिल्ला सचिव सन्तोष आचार्य, रेडियो साथीकी उपाध्यक्ष सङ्गीता थापा र तालिमका सहभागी दिपक बराल, रानी खड्का, सरिता राजबंशी, पार्वती रिजाल लगायतले मन्तब्य व्यक्त गरेका थिए ।
कार्यक्रममा मेची नेत्रालयका मेडिकल डाइरेक्टर डा. शरदचन्द्र प्रकाश राई, लोकतन्त्र पोस्टका सम्पादक मोहन काजी, मेची नेत्रालयका मेनेजर नवराज प्रधान, लोकतन्त्र पोस्टका कार्यकारी सम्पादक झुलन रेग्मी, खबरमञ्च साप्ताहिकका सम्पादक प्रकाश पौडेल, प्रदेश टाइम्स डटकमका सम्पादक खगेन्द्र घिमिरे, प्रेस क्लव मेचीनगरका सचिव शिशिर चम्लागाई, विवेचना दैनिकका समाचारदाता विमर्श उप्रेती लगायतको उपस्थिति रहेको थियो ।
………