रेडियो साथीको प्रसारण शुरु

  प्रकाशित मिति
१ भाद्र २०७५, शुक्रबार ०८:४५


भदौ, १ काँकरभिट्टा । झापाको काँकरभिट्टाबाट नयाँ एफ एम रेडियोको रुपमा रेडियो साथीले आजबाट आफ्नो प्रसारण शुरु गरेको छ ।

झापाको १६ औं रेडियोको रुपमा स्थापना भएको रेडियो साथीले झापाको तेस्रो सामुदायिक रेडियोको रुपमा प्रसारण शुरु गरेको रेडियोका कार्यकारी निर्देशक ज्ञानेन्द्र निरौलाले बताए ।

आज बिहान मेचीनगर नगरपालिकाका प्रमुख बिमल आचार्य र उपप्रमुख मिना उप्रेतीले संयुक्त रुपमा रेडियो साथीको स्टुडियोको ढोकाको रिवन काटेर शुभकामना सन्देशसहित प्रसारण शुरु गरिएको रेडियोका अध्यक्ष पुनम प्रधानले जानकारी दिए ।

५०० वाट प्रसारण क्षमता रहेको रेडियो साथीलाई ९८.६ मेगाहर्जमा सुन्न सकिने निर्देशक निरौलाले जानकारी दिए । रेडियो साथीले स्थानीय बिषय बस्तुलाई प्रसारणको केन्द्रमा राखेर सुचना तथा मनोरञ्जन प्रदान गर्ने रेडियोका अध्यक्ष प्रधानले बताए ।

मेचीनगरका युवाहरुको समुह आबद्ध सामुदायिक सुचना तथा सञ्चार केन्द्र नेपाल नामक गैरसरकारी संस्था मार्फत रेडियो साथीले आफ्नो प्रसारण शुरु गरेको र यो रेडियोले स्थानीय समुदायका सकारात्मक बिषय बस्तुलाई बिषेश रुपमा बाहिर ल्याउने गरी तयारी गरेको अध्यक्ष प्रधानले बताइन् ।
रेडियोले आम नागरिकको स्वास्थ्य, शिक्षासंगसंगै समाजमा रहेका बिक्रिती र बिसंगतीलाई न्यूनीकरण गर्न पनि राज्यका तर्फबाट सञ्चालन भएका अभियानहरुमा सहयोगी बन्ने रेडियोका उपाध्यक्ष संगिता थापाले जानकारी दिइन् ।

सञ्चार तथा सुचना प्रबिधि मन्त्रालयबाट २४ घण्टा प्रसारणको अनुमति लिईएको भए पनि तत्काल बिहान ५ बजेदेखी बेलुका १० बजेसम्म गरी दैनिक १८ घण्टा प्रसारण गरिने कार्यकारी निर्देशक निरौलाले जानकारी दिए ।

रेडियो साथी झापा सहित ईलाम, तेह्रथुम, पाँचथरसहित सिमापारिको भारतीय भूमिका खर्साङ, दार्जीलिङ, बागडुग्रा, सिलिगुडी लागयतका क्षेत्रमा समेत सुन्न सकिने कार्यकारी निर्देशक निरौलाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: