रेशु बचाउ अभियान सुरु

  प्रकाशित मिति
७ माघ २०७२, बिहीबार ०५:२२


resu
मेचीनगर । नेपाली काङ्ग्रेसका मेचीनगर–५ का वडा सचिव रेशबहादुर तामाङको उपचार सहयोगका लागि आर्थिक सहयोग अभियान सुरु गरिएको छ ।

माघ १ गते मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका उनको विर्तामोडस्थित बी एण्ड सी अस्पतालमा उपचार भइरहेको छ ।
गम्भीर हालतमा उपचारका लागि भर्ना गरिएको उनलाई हालसम्म आइसीयुमा राखेर उपचार गर्नु परिरहेको अस्पतालले जनाएको छ ।
उनको उपचारमा १५ लाख भन्दा बढी रकम लाग्ने भए पछि काङ्ग्रेसले समिति गठन गरेर पहिलो चरणमा पार्टी संयन्त्रबाट रकम सङ्कलन थालेको छ ।

नेपाली काङ्ग्रेस झापाको एक नम्वर क्षेत्रीय समितिको कार्यालय धुलावारीमा बुधवार बसेको भेलाले क्षेत्रीय सभापति मणिकुमार उप्रेतीको संयोजकत्वमा २१ सदस्यीय रेशबहादुर तामाङ बचाउ अभियान समिति गठन गरेको छ ।

काङ्ग्रेसले एकै दिनमा करिब १ लाख ७५ हजार रकम सङ्कलन गरेको छ । पार्टीको मेचीनगरका सबै १३ वटा वडाका समितिमार्फत पनि रकम सङ्कलन गरिने काङ्ग्रेसका मेचीनगर सभापति प्रेम सम्बाहाम्फेले जानकारी दिए ।

घाइते तामाङको स्वास्थ्य अवस्थामा सुधार हुँदै गएको डाक्टरहरूले जनाएका छन् । उपचारका लागि सहयोग गर्न काङ्ग्रेस पार्टी संयन्त्र, अन्य राजनीतिक दल, सङ्घ संस्था तथा ब्यक्ति र यस क्षेत्रबाट बिदेशमा बसोबास गर्नु हुने महानुभावहरूलार्य आग्रह गरिएको पार्टीका युवा नेता विश्वप्रकाश शर्माले बताए .
यसैविच, घाइते रेशु तामाङकी पत्नी
मीना तामाङले आफ्ना पतिलाई बचाइदिन अपिल गरेकी छन् । आइसीयुमा अचेत अवस्थामा रहेका तामाङको उपचारमा लाखौँ रकम लाग्ने भएकाले परिवारले खर्च जुटाउन नसक्ने भएकाले सबैलाई सहयोग गरिदिन घाइतेकी पत्नी मीनाले सहयोगको अपिल गरेकी हुन् ।

पति रेशु दुर्घटनामा घाइते भएर अस्पतालमा जीवन र मृत्युविच सङ्घर्ष गरिरहेकै बेला माघ २ गते मीनाले पहिलो सन्तानका रुपमा छोरालाई आम्दा अस्पतालमा जन्मदिएकी छन् ।

रेशु पूर्व विद्यार्थी नेता तथा हाल भेटेरिनरी प्राविधिकका रुपमा निजी व्यवशाय सञ्चालन गर्दै आएका प्रतिभाशाली युवा हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: