रोङमा ‘करसोङ पदमार्ग’ निर्माण हुँदै (फोटो फिचर)

  प्रकाशित मिति
३ पुष २०७८, शनिबार १८:१७


इलाम, ३ पुस । नेपालको पर्यटकीय गन्तव्यको मुख्य स्थल मध्ये एक हो इलाम ।
इलामलाई बिश्वमा चिनाउन यहाँका जनप्रतिनिधिहरु पर्यटन प्रबर्धनमा लागि परेका छन् ।

बाह्रय तथा आन्तरिक पर्यटकहरुलाई इलाममा तान्न यहाँका जनप्रतिनिधिहरु रातविहान नभनी लागेका छन् ।

इलामका विभिन्न पालिकामा गुरु योजनाका साथ विकास निर्माणका कामहरु दु्रत गतिमा भईरहेका छन् ।

इलामको कन्याम, अन्तुडाँडा, लव डाँडा, गुगल पोइन्ट, झण्डी डाँडा लगायतका पर्यटकको आकर्षकणको मुख्य केन्द्र थियो । अझ रोङ गाउँपालिकाले पर्यटन प्रबर्धनका लागि यसपटकदेखि पर्यटकका लागि पदमार्ग निर्माण समेत गर्न थालेको छ ।

गाउँपालिकाले नेपालमै अल्प संख्यकमा रहेका लेप्चा जातिको नाममा जैविक, कृषि लगायतको पर्यटन प्रबर्धनका लागि करसोङ (सुनाखरी) पदमार्ग निर्माण समेत सुरु गरेको छ ।

यहि मंसिर २१ गते गाउँपालिकाले करिव ३५ सय बसोबास गरेको लेप्चा जातिको नाममा पदमार्गको नामकरण गर्ने निर्णय समेत गरेको वडा नम्बर ६ का वडाध्यक्ष मणिकुमार स्याङबो (सुवास)ले बताए ।

रोङ–६ को हाँसपोखरीदेखि सलकपुरसम्म पदमार्ग निर्माण कार्य दु्रत गतिमा भईरहेको छ । गतवर्षदेखि सुरु गरेको २९ किलोमिटर पदमार्गको १६ किलोमिटर निर्माण कार्य सम्पन्न गरिसकेको स्याङबोको भनाइ छ ।

एक हजार १४० जना स्थानीयले एक महिना १८ दिनमा १६ किलोमिटर पदमार्ग निर्माण कार्य सम्पन्न गरेको बताईएको छ । निकट भविश्यमा उक्त पदमार्गमा साईक्लिङ प्रतियोगिता समेत आयोजना गर्ने योजना रहेको उनको भनाइ छ ।

हाँसपोखरीदेखि रम्योङसम्म १६ किलोमिटर पदमार्ग निर्माण पुरा भएको छ भने सलकपुरसम्म पुराउन अब १३ किलोमिटर बाँकी रहेको छ ।
गतवर्ष संघिय सरकारले १५ लाख, गाउँपालिकाले १५ लाख र प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत १५ लाखले पदमार्ग, भ्युटावर, होमस्टे लगायतका पर्यटकीय स्थलहरुको निर्माण कार्य गरिएको उनले बताए ।

यसवर्ष संघिय सरकारले ६२ लाख, गाउँपालिकाले २० लाख र प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत र क्षेत्रिय पर्यटन कार्यालय काँकरभिट्टा समेतको कुल १ करोड २० लाख रुपैयाँको वजेटमा पर्यटन प्रबर्धनका विभिन्न योजनाहरुमा काम भईरहेकोे स्याङबोले जानकारी दिए ।

वडाध्यक्ष स्याङबोले शुक्रबार र शनिबार पदमार्ग निर्माण लगायत पर्यटन प्रबर्धनका विषयमा झापा र इलामका पत्रकारहरुलाई पत्रकार सम्मेलन गरेर जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: