रोटरीद्वारा पशुपति माविलाई खानेपानी परियोजना हस्तान्तरण

  प्रकाशित मिति
२९ श्रावण २०७९, आईतवार २१:००


आमडाँगी, २९ साउन । मेचीनगर–४ स्थित आमडाँगीमा पशुपति माध्यमिक विद्यालयमा नवनिर्मित शुद्ध पिउने पानी परियोजना आइतबार सम्बन्धित विद्यालयलाई हस्तान्तरण गरिएको छ ।
मेचीनगर–४ का वडा अध्यक्ष अर्जुनकुमार कार्की तथा रोटरी क्लब अफ काँकरभिट्टाका सन् २०२२÷२०२३ का अध्यक्ष सुजन प्रधानले संयुक्तरुपमा विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष मेनुका बराल र प्रधानाध्यापक लक्ष्मण प्रधानलाई धाराको साँचो हस्तान्तरण गरिएको हो ।

रोटरीले विद्यालयमा खानेपानी परियोजना सम्पन्न गरी हस्तान्तरण गरेर यहाँको ठूलो समस्या समाधान भएकोमा विद्यालयका परिवार र प्रधानाध्यापक प्रधानले खुशी व्यक्त गरे ।

वडा नम्बर ४ र रोटरीको २ लाख रुपैयाँमा परियोजना सम्पन्न भएको छ । यसअघि नगरका विभिन्न विद्यालयमा यस्तै परियोजना सम्पन्न गरी हस्तानतरण गरिएको रोटरीका अध्यक्ष प्रधानले जानकारी दिए ।

३ सय लिटरको स्टिलको ट्याङ्कीसहित ४ वटा धारा जडान गरिएको छ । अध्यक्ष प्रधानका अनुसार वडा नम्बर ६ मा रहेको काँकरभिट्टा मावि, वडा नम्बर ७ मा रहेको श्रीकृष्ण प्रावि र ८ को बालकल्याण माविमा समेत शुद्ध पिउने पानी परियोजना सम्बन्धित विद्यालयलाई हस्तान्तरण भइसकेको छ ।

कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष कार्कीले रोटरीले समाजमा गरेको योगदानको प्रशंसा गरेका थिए । रोटरी क्लब अफ काँकरभिट्टाका एडमिन चियर उदयकुमार श्रेष्ठले स्वागत गरेको कार्यक्रममा सन् २०२२÷०२३ का सचिव भगिरथ राईले सञ्चालन गरेका थिए ।

कार्यक्रममा वडा नम्बर ४ का जनप्रतिनिधि पवन बराइली, क्लबका युथ सर्भिस चियर रबिचन्द्र नेपाल, रोटरीका सदस्यहरु, रोट्रयाक्ट क्लब अफ काँकरभिट्टाका सदस्यहरु, विद्यालयका शिक्षकहरु, विभिन्न उद्योगी व्यवसायीहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: