रोटरीद्वारा भद्रपुर नगरपालिकालाई स्वास्थ्य सामग्री

  प्रकाशित मिति
१४ जेष्ठ २०७७, बुधबार २१:५७


भद्रपुर । रोटरी क्लब अफ भद्रपुरले भद्रपुर नगरपालिकालाई स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

भद्रपुर नगर अन्तर्गत रहेका स्वास्थ्य चौकीलाई आवश्यक पर्ने स्वास्थ्य सामग्रीहरु भद्रपुर नगरप्रमुख जीवनकुमार श्रेष्ठलाइ प्रदान गरिएको हो ।

स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई पीपीई, मास्क, ग्लोव्स लगायतका अत्यावश्य सामग्री प्रदान गरिएको थियो ।

कार्यक्रममा रोटरी क्लब अफ भद्रपुरका अध्यक्ष टिकाराज ढकाल, प्रेसिडेन्ट इलेक्ट आदित्य पराजुली, पाष्ट प्रेसिडेन्ट दिपेश ढकाल, चार्टर प्रेसिडेन्ट किशोर पराजुली, सचिव विनोद चापागाई, विगत ओझा, प्रदिप सरावगी, रमेश पराजुली, लोकबन्धु ढुंगाना लगायतको उपस्थिति थियो ।

भद्रपुर नगर क्षेत्र भित्रका स्वास्थ्य चौकीहरुमा ३५ जना स्वास्थ्यकर्मीहरु कार्यरत रहेको तर स्वास्थ्य सामग्रीहरु ठुला–ठुला अस्पतालहरुले मात्र प्राप्त गर्ने गरेका थिए ।

आधारभूत स्वास्थ्यको काम गर्ने स्वास्थ्यचौकीतिर कसैको ध्यान नजादा स्वास्थ्यकर्मीले जोखिम मोलेर काम गर्नु परेको स्वास्थ्य शाखाका मनोज भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: