रोटरी भद्रपुरद्वरा सरकारी स्कूलका विद्यार्थीलाई स्वेटर

  प्रकाशित मिति
१४ पुष २०७६, सोमबार १६:५१


भद्रपुर । तराईमा जाडो बढ्दै जाँदा विभिन्न सामाजिक संघ–संस्थाले विभिन्न विपन्न समुदाय, विद्यार्थीलाई न्यानो कपडा वितरण गर्दै आएका छन् ।

यसैक्रममा सामाजिक संस्था झापाको रोटरी क्लव अफ भद्रपुरले सोमबार भद्रपुर ७ को एक सरकारी विदालयका साना विद्यार्थीलाई स्कूलको स्वेटर विरण गरेको छ ।

रोटरीले भद्रपुर–७ अञ्जनिमोडस्थित भृकुटी आधारभूत विद्यालयका सयभन्दा बढी विद्यार्थीलाई स्वेटर वितरण गरेको हो ।

क्लवका अध्यक्ष टिकाराज ढकालको अध्यक्षतामा विद्यालय परिसरमै आयोजित संक्षिप्त समारोहका बीच प्रमुख अतिथि ७ नं वडाध्यक्ष विनोदप्रसाद पोखरेललगायतले विद्यार्थीलाई स्वेटर वितरण गर्नुभएको थियो ।

क्लवका सचिव विनोद चापागाईंले सञ्चालन गर्नुभएको कार्यक्रममा क्लवमा आबद्ध रोटरियनहरु, रोट्रयाक्ट क्लव अफ भद्रपुरका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

यसैगरी, झापाको विर्तामोडमा सञ्चालित शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो सेवाकेन्द्र रहेको कनकाई नगरपालिका वार्ड नं १ स्थित सरकारी विद्यालय पशुपति प्राविका विद्यार्थीलाई स्कूलको स्वेटर वितरण गर्यो ।
त्यस स्कूलका सबै ५८ जना विद्यार्थीलाई स्वेटर वितरण गरिएको संस्थाका अध्यक्ष सुव्रत न्योपानेले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: