रोनाल्डोले गाउँदैछन् गीत

  प्रकाशित मिति
३१ जेष्ठ २०७५, बिहीबार ०६:००


मस्को । रुसमा आज सुरु हुने २१ औं संस्करणको फिफा विश्वकपको उद्घाटन समारोहमा चर्चित ब्राजिलियन फुटबलर रोनाल्डोले गीत गाउने भएका छन् ।

आयोजक रुस र एसियन टोली साउदी अरेबियाबीचको खेल अघि हुने उद्घाटन समारोहमा रोनाल्डोसहित बेलायती पपगायक रोबिई विलियम्स र रुसी गायिका आइदा गारिफुल्लिनाले विशेष प्रस्तुति दिने भएका छन् ।

खेल अघि विलियम्सको साङ्गीतिक प्रस्तुति रहने छ । उनलाई मञ्चमा गायिका गारिफुल्लिनाले साथ दिने छिन् ।

उनीहरूको प्रस्तुति पछि ब्राजिललाई दुई पटक विश्वकप फुटबलको उपाधि दिलाएका रोनाल्डो मञ्चमा देखा पर्ने छन् ।

रुस विश्वकपको उदटन समारोह चार वर्षअघि ब्राजिलमा भएको भन्दा केही फरक हुने जनाइएको छ ।

यस पटक उदटन समारोहमा साङ्गीतिक प्रस्तुतिलाई मात्रै जोड दिइएको छ भने निक्कै छोटो समयमा सम्पन्न गरिने बताइएको छ ।

उद्घाटन खेल सुरु हुनु आधा घन्टाअघि मात्रै समारोह सुरु हुने आयोजक रुस र फिफाले जनाएका छन् ।

रुस विश्वकपको उद्घाटन समारोहमा सहभागी हुन पाउँदा उत्साहित भएको रोनाल्डोले बताएका छन् ।

‘खेलाडी वा फुटबल समर्थकले चार वर्ष प्रतीक्षा गरेको क्षण आइपुगेको छ । आगामी चार सातामा के हुन्छ भन्ने कुरा कसैलाई पनि थाहा छैन’, रोनाल्डोले भनेका छन्–‘निक्कै ठूलो मेहनतपछि यो आयोजना सम्भव भएको छ ।

आयोजना सफल हुँदाको क्षणको खुसी चार वर्षअघि एक ब्राजिलियन हुनुको नाताले मैले महसुस गरेको छु । त्यसअघि प्रतियोगिताको उद्घाटन अझ अविस्मरणीय हुने छ ।’
………….
गुञ्जिदैछ ‘लिभ इट अप’

विश्वकप फुटबल २०१८ को अफिसियल भिडियो सार्वजनिक गरिएको छ ।

‘लिभ इट अप’ शीर्षकको भिडियो गीत अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले सार्वजनिक गरेको हो ।
गीतको अडियो भने फिफाले १५ दिनअघि सार्वजनिक गरेको थियो ।

गीतमा अमेरिकी गायक तथा रचनाकार निकी जामले स्वर दिएका छन् । गीतमा वील स्मिथ र इरा इस्टनेरफीको पनि साथ छ ।

तीनै जना भिडियोमा देखिएका छन् । साथै ब्राजिलका पूर्व फुटबलर रोनाल्डिन्हो पनि भिडियोमा देखिएका छन् । उनले भिडियोमा गायकको साथमा फुटबल कौशल देखाएका छन् ।

गीत डिल्लोले निर्माण गरेको हो । अघिल्लो विश्वकपमा ‘वि आर वान’ बोलको गीत बनाइएको थियो । सो गीतमा पिटबुल र साकिराले स्वर दिएका थिए ।

त्यसअघि सन् २०१० को विश्वकपको गीत भने चर्चित बनेको थियो । साकिराले गाएको ‘वाका वाका अफ्रिका’ को भिडियो र गीत अहिले पनि चर्चित छ ।

विहीवार मस्कोमा हुने उद्घाटन समारोहमा ‘लिभ इट अप’ गीतमा कलाकारले अफ्नो प्रस्तुति देखाउने छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: