रोबोटले बाँड्न थाल्यो मास्क र स्यानिटाइजर (फोटोहरु हेर्नुहोस्)

  प्रकाशित मिति
१३ चैत्र २०७६, बिहीबार १५:२३


मेचीनगर । वैज्ञानिकहरु कृत्रिम मानव (रोबोट)को प्रयोग नियन्त्रणबाहिर जाला कि भनेर धेरै अघिदेखि चिन्तामा छन् । उद्योग, कार्यालय, विमानस्थल, डिपार्टमेन्टल स्टोर्स लगायतका अनगिन्ती ठाउँमा रोबोटले चमत्कार देखाइरहेका छन् ।

तर, मानिसले नजिक जानासाथ सर्ने कोभिड–१९ (कोरोना भाइरस) जस्ता ज्यानमारा सङ्क्रामक रोगको रोकथाम, नियन्त्रण र उपचारमा यस्ता रोबोटको उपयोग किन नगरेको होला ?

आर्टिफिसियल इन्टेलिजेन्सको उचाइमा पुगिसकेको आजको रोबोट युगका सचेत मानिसहरुले यो प्रश्न गर्न थालिसके । कल्पना अर्थात सिनेमाको संसारमा भने रोबोटलेअकल्पनीय चुनौतिको सामना गरिदिएर मानव जीवनलाई सहज बनाइदिएको देख्न सकिन्छ । तर वास्तविक जीवनमा भने त्यस्तो छैन ।

चीन, अमेरिका, जापान, बेलायत, जर्मन, फ्रान्स, भारतलगायतका शक्तिशाली मुलुक समेत यतिबेला कोरोनासँग युद्ध लडिरहेका छन् ।

डाक्टर, नर्स, सुरक्षाकर्मी समेत यस क्रममा सङ्क्रमित भएको खबर आइसकेका छन् । चीनमा कोरोना फैलिएको पहिलो जानकारी दिने अर्थात उपचारमा भिड्ने पहिलो डाक्टरले नै ज्यान गुमाउनु पर्यो ।

चीन, जापान जस्ता मुलुकहरु रोबोटको आविष्कारमा अग्रणी छन् । तथापि कोरोनाको उपचारमा रोबोटको प्रयोग भने गरिएको पाइँदैन ।

चीनमा रोबोटहरूलाई सेनिटाइजर र मास्क वितरणमा मात्र प्रयोग गरिएको थियो । रोबोटहरु हातमा स्यानिटाइजर, मास्क र साबुन बोकेर बाँड्दै हिँडेको देख्न पाइएको छ ।

रोबोटहरू कीटाणुरहित तापक्रम लिन (ज्वरो नाप्न) र खाना पकाउन प्रयोग गरिएका छन् । कोरोना सर्ने त्रासले गर्दा सङ्क्रमित नजिक जान, उनीहरुको सफाईमा ध्यान दिन र खाना तथा औषधि खुवाउन जागिरे डाक्टर र नर्सहरु डराइरहेका छन् ।

यस्तो अवस्थामा रोबोटको प्रयोग लाभदायक हुने सम्भावना हुन्छ । तर किन रोबोट प्रयोग नगरिएको हो भन्ने जवाफ पाइएको छैन ।

अस्पतालको आइसोलेसन, आइसीयू, भेन्टिलेटर र क्वारेन्टाइनमा कोरोनाबाट जोगिन रोबोटको प्रयो ग उपयुक्त हुने देखिन्छ ।

कोरोनाभाइरसको विस्तारलाई सुस्त बनाउन र स्वास्थ्यकर्मीहरूलाई सघाउनका लागि रोबोटको प्रयोगका केही तस्वीर हेर्नुहोस् ।

(यो खबर विभिन्न अन्तर्राष्ट्रिय समाचार एजेन्सीमा प्रकाशित समाचारलाई सम्पादन गरेर तयार पारिएको हो । फोटोका रोबोटहरु चीनका हुन् ।)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: