रोश्नीले जितिन् सहारा सूर्योदय स्पिच कन्टेस्टको उपाधि

  प्रकाशित मिति
३ फाल्गुन २०७७, सोमबार १३:१६


विर्तामोड, ३ फागुन । सहारा सूर्योदय स्पिच कन्टेस्ट सिजन २ को उपाधि विर्तामोडकी रोश्नी कार्कीले जितेकी छन् ।

बिजेता रोश्नी स्थानीय देवी माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्यनरत छन् ।

सूर्योदय टेलिभिजनले आयोजना गरेको सहारा सूर्योदय स्पिच कन्टेस्ट सिजन २ को हालै भएको ग्रान्ड फिनालेमा अन्तिम ५ जना प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि हात पारिन् ।

कञ्चनजंघा स्कुल विर्तामोडमा कक्षा १२ मा अध्यनरत छात्रा प्रिसा खरेल फस्ट रनर अप र देवी माध्यमिक विद्यालय कक्षा ११ मै अध्यनरत छात्रा कृति खतिवडा सेकेन्ड रनर अप भएकी छन् ।

सान्त्वना तर्फको उपाधि रेड स्टार स्कुल पथरी शनिश्चरे मोरङमा कक्षा १० मा अध्यनरत सुप्रिया खड्का र ज्ञान सरोवर शिक्षा निकेतन स्कुल भद्रपुरमा कक्षा ९ मा अध्यनरत रिना घिमिरेले जितेकी छन् ।

विजेताहरुले क्रमशः ३० हजार, १५ हजार, १० हजार र ५/५ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरेका छन् ।

उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि सहारा नेपाल सकोसका कार्यकारी निर्देशक महेन्द्र गिरी र सूर्योदय टेलिभिजनका अध्यक्ष मनोज उप्रेतीले पुरस्कार प्रदान गरेका थिए ।

स्पीच कन्टेस्टमा प्रदेश नम्बर १ का झापा, मोरङ, सुनसरी र इलामबाट ५० वटा विद्यालयका १ सय जना विद्यार्थीको सहभागिता रहेको थियो ।

कार्यक्रमको निर्णायकमा शिरोमणि खतिवडा ‘शिरो सान्दाई’, उमाकान्त खनाल र सूर्योदय टेलिभिजनकी प्रवन्ध निर्देशक विष्णु मैनाली उप्रेती रहेका थिए ।

सिजन २ सकिएसंगै सूर्योदय स्पिच कन्टेस्ट सिजन ३को तयारी थालिएको कार्यक्रम संयोजक देवी गौतमले जानकारी दिए । उनले जेठको पहिलो साता देखि अर्को सिजन सुरु हुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: